काठमाडौँ – नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आउने भनिएको कतार एयरवेजको जहाज त्रिभुवन विमानस्थलमा अवतरण हुन नसकेपछि ओभरसुट गरिएको छ।
खराब मौसमका कारण कतार एयरवेजको उक्त जहाज अवतरण गर्न नसकी ओभरसुट गरिएको हो। क्यूटीआर ६४८ कलसाइन भएको उक्त जहाज अहिले काठमाडौँको आकाशमा होल्ड गरिएको छ।
क्रिकेटर लामिछानेले बिहीबार बिहान काठमाडौँ अवतरण गर्ने जानकारी सुरक्षाकर्मीहरुलाई गराएका थिए।
उनलाई पक्राउ गर्न प्रहरी विमानस्थल पुगेका छन्।

मौसम केही ठिक हुनेबित्तिकै उक्त जहाज त्रिभुवन विमानस्थलमा अवतरण हुने विमानस्थलका कर्मचारीहरुले जानकारी दिएका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































