सन्दीप लामिछाने पक्राउ

सन्दीप लामिछाने पक्राउ
+
-

काठमाडाैँ – राष्ट्रिय क्रिकेट टोली(क्यान) का पूर्वकप्तान सन्दीप लामिछानेले बिहीबार पक्राउ परेका छन् ।

नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर लामिछाने आज बिहीबार त्रिभुवन विमानस्थलमा अवतरण गरे लगत्तै पक्राउ परेका हुन् ।

गत भदौ ५ गते राति १७ वर्षीया नाबालिग किशोरीसँग होटलमा सँगै बिताएपछि भदौ ६ गते सन्दीप नैरोबी उडेका थिए ।

प्रहरीका अनुसार ती किशाेरीले सन्दीपले भदाै ५ गते दिनभर काठमाडौँ र भक्तपुरको विभिन्न स्थानमा लगेर काठमाडौँ ल्याई सिनामंगलको एक होटलको कोठा नम्बर ३०५ मा भदौ ५ गते बिहान साढे १२ बजे बलात्कार गरेकाे भनी भदौ २१ गते जाहेरी दिएकी थिइन् ।

यसैका आधारमा प्रहरीले हाेटेल र सम्बन्धित किशाेरीसँग अनुसन्धान गरी थप अनुसन्धानका लागि उनलाई पक्राउ गरेकाे हाे ।

आफू आज स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे नै ओर्लिने भने पनि खराब मौसमका कारण विमान अवतरण गर्न नसक्दा केहीबेर ढिलाइ भएको थियो ।

क्यानले पनि साे आराेपलागेसँगै सन्दीपलाई निलम्बन गरेकाे छ भने नैरोबीमा पनि उनी क्यारेबियन लिग खेल्न पाएनन् ।

तस्बिरहरू:

यो पनि पढ्नुहोस्

सन्दीप लामिछाने आज बिहान १० बजे नेपाल अवतरण हुने, विमानस्थलमै प्रहरी समक्ष आत्मसमर्पण गर्ने

सन्दीप लामिछाने आज बिहान १० बजे नेपाल अवतरण हुने, विमानस्थलमै प्रहरी समक्ष आत्मसमर्पण गर्ने

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’