
एजेन्सी – थाइल्याण्डको उत्तरपूर्वी प्रान्तमा रहेको बालबालिकाको दिवा हेरचाह केन्द्रमा बिहीबार भएको गोलीकाण्डमा कम्तीमा ३४ जनाको मृत्यु भएकाे छ ।
प्रहरीले बिबिसीलाई दिएकाे जानकारी अनुसार गोलीकाण्डमा परी कम्तीमा ३४ जनाको मृत्यु र १२ जना घाइते भएका हुन् ।
पीडितहरूमा बालबालिका र वयस्क दुवै रहेको प्रहरीले एक विज्ञप्तिमा भनेको छ । बन्दुकधारी एक पूर्वपुलिस अधिकारी रहेको र उनको खोजी भइरहेको जनाइएको छ ।
प्रधानमन्त्रीले सबै निकायलाई कारबाही गर्न र दोषीलाई पक्राउ गर्न सचेत गराएको सरकारी प्रवक्ताले बताए ।
थाइल्यान्डमा सामूहिक गोलीबारीका घटना यदाकदा हुने गरेका छन् । सन् २०२० मा एक क्रुद्ध सिपाहीले गोली चलाउँदा कम्तिमा २९ जनाको मृत्यु भएको थियो ।

तस्बिर: त्रासदी पछि नर्सरीमा परिवार र प्रहरी।