खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा तीन जनालाई पद्मश्री पुरस्कार  

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा तीन जनालाई पद्मश्री पुरस्कार  
+
-

काठमाडौँ- खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले यो वर्ष विभिन्न तीन विधामा पुरस्कार वितरण गरेको छ।

प्रतिष्ठानले आज एक कार्यक्रमको आयोजना गर्दै पुरस्कार वितरण गरेको हो। प्रतिष्ठानले समाजलाई विभिन्न क्षेत्रबाट गौरवपूर्ण योगदान दिने विशिष्ट व्यक्तित्वलाई पद्माश्री गौरव पुरस्कार, साहित्यिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनेलाई पद्मश्री साहित्य पुरस्कार र कला–साधना क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वलाई पद्मश्री साधना सम्मान प्रदान गरेको हो।

यस वर्षको पद्मश्री गौरव पुरस्कारबाट नेत्र चिकित्सक डा. सन्दुक रूइत पुरस्कृत भएकन छन्। उनले हजारौं दृष्टिविहीनहरुको आँखाको सफल शल्यक्रिया गरिसकेका छन्।

पद्मश्री गौरव पुरस्कारबाट पुरस्कृत नेत्र चिकित्सक डा. सन्दुक रूइत

त्यस्तै पद्माश्री साहित्य पुरस्कार ‘अर्को भोर’ कथा संग्रहका लागि कथाकार केशवराज ज्ञवालीलाई प्रदान गरीएको छ। ‘अर्को भोर’ उनको पहिलझ कृति हो।

पद्माश्री साहित्य पुरस्कार ‘अर्को भोर’ कथा संग्रहकाबाट पुरस्कृत कथाकार केशवराज ज्ञवाली

यस्तै पद्मश्री साधना सम्मान कथाकार माया ठकुरीलाई प्रदान गरिएको हो। ठकुरीका कथा संग्रह, गीति संग्रह तथा बाल कथा सङ्ग्रह प्रकाशित छन्।

पद्मश्री साधना पुरस्कारबाट पुरस्कृत कथाकार माया ठकुरी

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेका अनुसार तीनवटै विधाका पुरस्कारको राशी ३/३ लाख रुपैयाँ रहेको छ। उनीहरुलाई नगदसहित सम्मान पत्रले पुरस्कृत गरिएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?