काठमाडौँ २ मा पूर्वसभामुख घर्ती, फुयाल र अधिकारीको उम्मेदवारी दर्ता

काठमाडौँ २ मा पूर्वसभामुख घर्ती, फुयाल र अधिकारीको उम्मेदवारी दर्ता
+
-

काठमाडौँ – काठमाडौँ २ मा सत्ता पक्षीय गठबन्धनबाट पूर्वसभामुख ओनसरी घर्तीले उम्मेदवारी दर्ता गरेकी छिन्।

आइतबार निर्वाचन अधिकृतको कार्यालय थलीमा पुगेर घर्तीले प्रतिनिधिसभाका लागि कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा उम्मेदवारी दिएकी हुन्।

सत्ता गठबन्धनबाट काठमाडौँ २ माओवादीको भागमा परेपछि अध्यक्ष प्रचण्डले उनलाई अन्तिम समयमा आइतबार बिहान टिकट दिएका हुन्।

गठबन्धनबाट काठमाडौँ २ (क)मा कांग्रेसका धुव्र केसी र (ख)मा एकीकृत समाजवादीका भरत फुयालले उम्मेदवारी दिएका छन्।

त्यस्तै काठमाडौँ २ मा एमालेबाट मणिराम फुयालको उम्मेदवारी दर्ता भएको छ। निवर्तमान प्रदेशसभा सदस्य रहेका फुयाललाई एमालेले टिकट दिएको हो।

एमाले उम्मेदवारहरु

प्रदेशसभा तर्फ ‘क’ मा बागमति प्रदेशसभाका निवर्तमान सभामुख सानुकुमार श्रेष्ठको उम्मेदवारी परेको छ भने ख मा सुवर्ण श्रेष्ठले उम्मेदवारी दिएका छन्।

काठमाडौँ २ मा प्रकाश अधिकारीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। त्यसै क्षेत्रका पिएचडी स्कलर अधिकारीले प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका हुन्।

उम्मेदवारी दर्तापछि स्वतन्त्र उम्मेदवार प्रकाश अधिकारी

त्यस्तै राप्रपाका नवराज सिंखडाले पनि प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन्। प्रदेशसभा क मा राप्रपाबाट सुनील केसी र ख बाट राजु विष्टले उम्मेदवारी दिएका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?