मखमलीले मगमगायाे गुन्डु (तस्बिरसहित)

मखमलीले मगमगायाे गुन्डु (तस्बिरसहित)
+
-

भक्तपुर- यतिबेला सूर्यविनायक नगरपालिका-७ गुन्डु गाउँ मखमली, सयपत्री र गोदावरीको सुगन्धले मगमगाएको छ।

तिहार आउन अझै १२ दिन बाँकी रहँदा यहाँका किसान, गृहिणीलगायत फूल व्यवसायी फूल टिपेर माला उन्न व्यस्त देखिन्छन्। यस क्षेत्रका खेतबारी, करेसाबारी रङ्गीन फूलले छपक्क छोपेको छ भने स्थानीयवासीलाई फूल टिप्ने, माला बनाउने चटारोले भ्याइनभ्याइ छ।

किसानले खेतमा धानका साथै नगदेबालीका रूपमा फूल रोपेर व्यापार गर्दै आएको स्थानीयहरूको भनाइ छ। यो क्षेत्रका किसानले असार, साउनदेखि नै मखमली फूल टिपेर माला गाँस्न थाल्छन्।

बिहान फूल टिप्ने र दिउँसो माला उन्ने काम साउनयता स्थानीयहरूको दिनचर्या बनेको छ। किसानहरु एक-अर्कामा अर्मपर्म गरेर मखमलीको खेती गर्दछन्।

नेपालीहरुको सांस्कृतिक पर्व तिहारमा विशेष माग हुने र नजिकको बजार (काठमाडौँ)लाई पायक बनाइ माला उन्ने काम गरिरहेको स्थानीयवासीले बताए।

फूलकै माध्यमबाट गाउँमै राम्रो आयआर्जन भएको स्थानीय नारायणी खत्रीले बताए। उनले गत वर्षको जत्ति नै मखमली फूल लगाएको र अहिले माला उन्ने क्रम धमाधम चलिरहेको बताए।

तिहारको समय भएकाले फूल र माला बेच्नको लागि बजार धाइराख्नु नपर्ने उनको भनाइ छ।

उनले भने, ‘हामीले पोहोर जति बेचेका थियौँ, यस वर्ष पनि त्यत्ति नै बेचेका छौँ। लगाएको उही नै हो। समय कटाउने बाटो हो, काम गरेमा आफूलाई खर्च पनि भयो। घरमा बसिरहनु भन्दा एउटा इलम गरे राम्रो हो। साउनदेखि नै सुरु गरेका छौँ। वैशाखमा रोप्ने, साउनदेखि उन्ने गरिरहेका छौँ। बजारका लागि हामी जानुपर्दैन, घरमा नै लिन आउनुहुन्छ। ४/५ हजार माला बन्छ। धेरैजसो अर्मपर्ममा चल्छ, गाउँघरमा। लगानी त यसमा धेरै गर्नुपर्दैन। एकपटक रोप्नुपर्छ। १ रोपनी बराबर ३/४ हजार लगानी हुन्छ। लगभग डबल फाइदा हुन्छ।’

त्यस्तै, अर्की एक स्थानीयले गाउँघरमा फूल लगाउनका लागि धेरै लगानी पनि नलाग्ने र आम्दानी पनि दोब्बर हुने बताए।

दशैँ अघिसम्म प्रतिमाला २० रुपैयाँमा बिक्री गरेपनि तिहारको बेलामा भने प्रतिमाला ३० रुपैयाँमा घरबाटै बिक्री गर्न सकिने उनकाे भनाइ छ।

तिहारका लागि आवश्यक फूल उत्पादन हुने सो क्षेत्रका किसानका लागि बजारको समस्या भने नभएको स्थानीयहरूको भनाइ छ।

विशेषगरी, राजधानीका फूल व्यवसायी घरमै माला किन्न आउने र माला उनेर ठीक पारेपछि प्रतिमाला ३० रुपैयाँसम्म घरबाटै बिक्री हुने भएकाले बजारको समस्या नभएको स्थानीयहरू बताउँछन्।

फूलको व्यापार र बजार बढे पनि नेपालमा उत्पादित फूलले चाडबाडको बेला बजार धान्नसक्ने स्थिति अझै छैन।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?