
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक उद्घाटन गरिएको छ। शुक्रबार पोखरा रंगशालामा प्रतियोगिताको एक समारोहबीच उद्घाटन गरिएको हो।
उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेको प्रतियोगिताको सातै प्रदेशका खेलाडीले मार्चपास गरेका थिए।
उद्घाटन समारोहमा ओलम्पिक टर्च गण्डकी प्रदेशका अग्रज ओलम्पियन टिकाबहादुर बोगटीले प्रज्वलन गरेका थिए। प्रतियोगिताको उद्घाटन सँगै आतिसबाजी गरिएको थियो।
अधिकांश खेलका खेलकर्मीहरु रंगशालामा उपस्थित भएका थिए।
प्रतियोगितामा कुल ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले ४ सय ४ स्वर्णका लागि प्रतिस्पर्धा गर्दै छन्।
चार वर्षपछि हुन लागेको प्रतियोगिता गण्डकीमा भने २०४० सालपछि प्रतियोगिताको आयोजनाको अवसर पाएको हो।
३९ वर्षपछि गण्डकीमा फर्किएको राष्ट्रिय खेलकुद प्रतियोगिताका अधिकांश खेलहरु पोखरा रंगशालामा हुँदैछ।
गण्डकी प्रदेशका अन्य विभिन्न जिल्लामा समेत केही खेलका प्रतिस्पर्धा हुँदा अधिकांश खेल भने पोखरा रंगशाला हातामा नै हुँदैछन्।
राष्ट्रिय खेलकुद प्रतियोगितामा तीन विभागिय टिम सहित सात प्रदेशका सात टिम र एनआरएनए गरी ११ टिमका खेलाडीले विभिन्न ३६ खेलका ४ सय ४ इभेन्टमा प्रतिस्पर्धा गर्दैछन्। उद्घाटन समारोहमा केही सांस्कृतिक कार्यक्रम गरिएको थियो।