नवौं राष्ट्रिय खेलकुद

समूह विजेता बन्दै आर्मी पुरुष फुटबलको सेमिफाइनलमा

समूह विजेता बन्दै आर्मी पुरुष फुटबलको सेमिफाइनलमा
+
-

पोखरा – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पोखरा रंगशालामा भएको पुरुष फुटबलमा विभागीय टिम त्रिभुवन आर्मीले सेमिफाइनलमा स्थान बनाएको छ। समूह ‘बी’अन्तर्गत विभागीय डर्बी भिडन्तमा आर्मीले नेपाल पुलिसलाई २–० गोलले पराजित गर्दै समिफाइनलमा स्थान बनाएको हो।

समूह चरणको अन्तिम खेलमा आर्मीले समूह विजेता बन्ने क्रममा सुरुवातबाटै पुलिसविरुद्ध दबाब दिएको थियो। तर पुलिसले पनि केही सीमित अवसरमा गोल गर्न चुक्दा आर्मीले भने पहिलो हाफको १५ औँ मिनेटमा नै अग्रता बनायो।

पोखरा रंगशालामा आर्मीको जितमा नवयुग श्रेष्ठ र हेन्जन राईले समान १–१ गोल गरेका थिए। सुरुवातबाटै गोल गर्न हतारमा देखिएको पुलिसले १५औँ मिनेटमा नवयुग श्रेष्ठको गोलमार्फत खेलमा अग्रता लियो। पहिलो हाफमा नै अग्रता दोब्बर पार्ने क्रममा २९औँ मिनेटमा दिनेशले दोस्रो गोल सम्भव बनाएका थिए।

आर्मीले गोल गरेपछि प्याराग्लाइडिङ खेलका क्रममा ज्यान गुमाउन पुगेका आफ्ना सहकर्मी निसिम थापाप्रति श्रद्धाञ्जलीस्वरुप मौन धारण गरेको थियो। समूहमा लुम्बिनी भने प्रतियोगिताबाट बाहिरियो। आर्मीले पहिलो खेलमा लुम्बिनीलाई ४–० गोलले पराजित गर्दै आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेको थियो।

एनआरएनएको जबर्जस्ती


प्रतियोगिता अन्तर्गतकै पुरुष फुटबलमा एनआरएनए र गण्डकीको खेल भने खेलअगाडि नै तनावपूर्ण बनेको थियो। नेपाली खेलाडी खेलाएको भन्दै प्रदेश एकले प्रोटेस्ट गरेपछि राखेपले ८ खेलाडीलाई बाँकी खेल खेल्न नपाउने निर्णय गरेको थियो।

तर एनआरएनएले खेलाउन नमिल्ने खालडीलाई पनि मैदान उतार्ने प्रयास गरेपछि विवाद भएको थियो। तर रेफ्रीले खेल्न नमिल्ने खेलाडीलाई नखेलाउने अडान लिँदै उनले गण्डकीलाई विजयी घोषित गरेका थिए।

पोखरास्थित गोष्टे खेल मैदानमा निर्धारित समयभन्दा निकै अघि पुगेको एनआरएनएले अनेक प्रयास गरे पनि खेलाडी खेलाउन भने सकेन। खेलअघि उसले सबै ८ खेलाडीलाई सहभागी गराउँदै वार्मअप गराएको थियो।

रेफ्रीहरुले प्रोटेस्ट लागेका खेलाडीलाई खेलाउन नमिल्ने बताए पनि उनीहरुले जबर्जस्ती आफ्ना खेलाडी खेलाउनु पर्ने बताएपछि रेफ्रीले खेल अघि बढाउन नसकिने भन्दै गण्डकीलाई विजयी भएको निर्णय सुनाएका थिए।

प्रदेश–१ ले एनआरएनएले नियमअनुसार कम्तिमा १ सय ८० दिन विदेश बसेको खेलाडी हुनुपर्ने तर नेपाली नै खेलाडी खेलाएको भन्दै उजुरी गरेको थियो। जसको सुनुवाइ हुँदा विमल घर्तीमगर र संजोक राईसहित अनन्त तामाङ, पुजन उपरकोटी, सुजल श्रेष्ठ, विशाल राई, इशान खड्का र अशोक खवासले खेल्न नपाउने निर्णय राखेपको प्राविधिक समितिले गरेको थियो।

एनआरएनएले आफूसँग प्रोटेस्ट नलागेका १२ खेलाडीलाई भने सहभागी गराए खेल्ने पाउने अवस्था रहेको थियो।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’