प्याराग्लाइडिङमा उदयीमान निसिम, जो राष्ट्रिय खेलकुदकै इतिहास बने

प्याराग्लाइडिङमा उदयीमान निसिम, जो राष्ट्रिय खेलकुदकै इतिहास बने
+
-

पोखरा – नेपाली राष्ट्रिय खेलकुदको इतिहासमा निसिम थापा प्रतियोगिताका दौरान मृत्युवरण गर्ने खराब कीर्तिमान राखेर सबैबाट अलग भए। खेलका दौरान मृत्यु भएर खराब इतिहासमा नाम लेखाएका निसिम प्याराग्लाइडिङमा एक उदयीमान खेलाडीका रुपमा परिचित थिए।

तर प्याराग्लाइडरका रुपमा भने २६ वर्षीय निसिम एक अनुभवी र साथीभाइमा मिजासिला थिए। उनले स्वदेशमा मात्रै होइन, विश्वका अन्य देशहरुमा पनि प्याराग्लाइडिङको अनुभव बाँडिसकेका थिए।

निसिमको निधनले खेलकुद जगत स्तब्ध हुँदा परिवारले भने आफ्नो जीवनको एक्लो साहरा गुमायो। लामो अनुभव भए पनि नवौं राष्ट्रिय खेलकुदका दौरान आइतबार बिहान भएको क्रस कन्ट्रीतर्फको इभेन्टमा भने निसिमको अनुभवले काम गरेन्।

५० मिटरजति माथिमात्रै पुग्दा अवस्था उनले चाहेजस्तो बनेन। प्याराग्लाइडिङ घुम्यो र तीव्र गतिमा भुइँमा बजारियो। जुन दुर्घटना नै निसिमलाई चुँडेर लान पर्याप्त बन्यो।

निसिमको छेउबाटै उडिरहेका प्रशिक्षक सुरेन गुरुङलाई उनको दुर्घटना अहिले पनि ‘मृत्यु नै’ हुने खालको थियो भन्ने कुरामा विश्वास लाग्दैन। तर तीव्र गतिमा खसेको प्याराग्लाइडिङ नवनिर्मित अपार्टमेन्टका लागि कामदार बस्ने टिनको छाप्रोको कर्नरमा बजारियो।

उडेको छोटो समयमा नै निसिमले अरु विकल्प प्रयोग गर्न पाएनन्। ‘मैले देखिरहेको थिएँ। ऊ त्यति हाइटमा थिएन। एक्कासी टरबाइन घुम्यो र तीव्र गतिमा भुइँमा बजारियो,’ सुरेन भन्छन् ‘कहिलेकाहीँ साइडको टरवाइन कोल्याप्स हुन्छ। उसँग रि-ओपन गर्न हाइट थिएन। जसले गर्दा तीव्र गतिमा भुइँमा बजारियो।’

त्यसो त निसिमका लागि उदार गर्न पनि धेरै समय लागेको थिएन। उडेको ठाउँबाट करिब ५० मिटरमा नै बजारिन पुगेका उनलाई रेस्क्यु टिमले तत्काल उदार गरेर अस्पताल पुर्‍याएको गुरूङ बताउँछन्।

गुरुङ भन्छन्, ‘उनी डाइरेक्ट जमिनमा हिट हुन पुगे। यदि अलि सहज ठाउँमा भएको भए त्यस्तो हुने थिएन। साथै अलिमाथि भएको भए प्यारासुट फाल्न मिल्थ्यो। कोल्याप्स भए पनि रिकभर गर्न मिल्थ्यो। तर उसको हाइट नै थिएन। जसले गर्दा ऊ चाँडै ठोकिहाल्यो।’

परिवारका एक्ला सदस्य नेपालमा नै केही गर्ने इच्छामा थिए


मास्टर्स पहिलो वर्ष अध्यनरत निसिमको परिवार अहिले पोखरामै बस्छ। पुर्ख्यौली थलो गोर्खा भए पनि थापा परिवारले पोखरामै घर बनाएर बसेको लामो सममय भइसकेको छ।

निसिम आफैले पनि प्याराग्लाइडिङ उडाउन थालेको लामो समय भइसकेको थियो। उनले एसियाड छनोट खेलेका थिए। साथै आठौँ राष्ट्रिय खेलकुदमा पनि सहभागिता जनाएका थापाले अन्य आन्तरिक प्रतिस्पर्धामा उपाधिसमेत जितेका थिए।

‘उसले धेरै पहिलाबाट प्याराग्लाइडिङ उडाउन थालेको हो। मैले चिनकै ९/१० वर्ष भयो,’ प्रशिक्षक गुरुङले भने, ‘ऊ परिवारको पनि एक्लो सदस्य रहेछ। मैले पनि आज मात्र थाहा पाएँ। साँच्चिकै पीडादायक अनुभव भइरहेको छ। निःशब्द छु।’

त्यसो त निसिम पढाइमा पनि अब्बल र नेपालमा नै केही गरौँ भन्ने चाहना भएको खेलाडी भएको नेपाल हवाइ खेलकुद संस्थाका अध्यक्ष (ना) सुनिल बहादुर भट्टराई बताउँछन्।

उनी भन्छन्, ‘प्याराग्लाइडिङको २०-२२ वर्षे इतिहासमा यस्तो दुःखद् दुर्घटना अत्यन्तै कम छन्। ५० औँ लाख उडिसकेका छन्। जसमा अहिले सम्म ४/५ जनाको मृत्यु भएको होला।’

उनले खेलकुदमा अन्य खेलको तुलनामा केही रिस्की खेलका रुपमा रहेको भए पनि मृत्यु नै हुने अवस्था आउँदा चिन्ता लागेको बताए। उनले थापाको निधनले स्तब्ध बनाएको भन्दै भने, ‘ऊ राम्रो अनुभवी ग्लाइडर मात्र थिएन। नेपालमा नै केही गरौँ भन्ने उर्जा भएको युवा पनि थियो। भर्खर मास्टर्स पढ्दै गरेको युवालाई भरभराउँदो उमेरमा गुमाउँदा परिवार मात्र होइन सिंगो पोखरा शोकमा छ।’

कीर्तिमानी पदक दिलाएको प्याराग्लाइडिङमाथि थपिएको चुनौती


राष्ट्रिय खेलकुद परिषदबाट मान्यता पाएपछि प्याराग्लाइडिङले नेपाली खेलकुद इतिहासमा आफ्ना रोमाञ्चक इतिहास बनाएको छ। आफ्नो पहिलो सहभागितामा नै १८ औँ एसियाडमा रजत जितेर प्याराग्लाइडिङले ४ वर्षअघि १८ वर्षपछि नेपाललाई एसियाडमा रजत पदक दिलाएको थियो।

त्यसपछि चुलिएको प्याराग्लाइडिङको चर्चा नवौं राष्ट्रिय खेलकुदको सुरुवाति दिनमा नै घटेको गम्भीर दुर्घटनाले पुनः एकपटक चर्चाको शिखरमा पुगेको छ।

सरकारले अनिश्चित कालसम्मका लागि देशभरका प्याराग्लाइडिङ बन्द गर्दा राष्ट्रिय खेलको यो विधा पनि तत्काललाई स्थगित भएको छ।

राष्ट्रिय खेलकुदका लागि दुःखद् दिन


नेपालमा राष्ट्रिय खेलकुद २०३८ यता निरन्तर छ। ४१ वर्षे राष्ट्रिय खेलकुदमा पहिलो पटक कुनै खेलाडीले खेलिरहेको समयमा आफ्नो ज्यान गुमाए। राष्ट्रिय खेलकुद परिषदले उनको निधनमा मर्माहात र स्तब्ध भएको भन्दै परिवारप्रति समवेदना प्रकट गरेको छ।

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुदकै लागि दुःखद् दिन भएको बताए।

उनले भने, ‘आजको दिन नेपाली खेलकुदकै लागि दु:खद् दिनका रुपमा रह्यो। तर राष्ट्रिय खेलकुद परिषद् उनको परिवारको साथमा रहने छ।’

उनले हरेक खेलाडीको बीमा गरिएको र निसिमको परिवारलाई पनि सरकारले आवश्यक सहयोग गर्ने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?