४ सय मिटरमा आशाराम र रमितालाई रेकर्डसहित स्वर्ण

४ सय मिटरमा आशाराम र रमितालाई रेकर्डसहित स्वर्ण
+
-

काडमाडाैँ – नवाैँ राष्ट्रिय खेलकुद्अन्तर्गत पोखरा रंगशालाको एथलेटिक्स ट्रयाकमा ४०० मिटर दौडमा आर्मीका सोमबहादुर कुमालले ३२ वर्ष पुरानो कीर्तिमान भङ्ग गरेका छन् ।

उनले १९९० मा बेइजिङ्मा आशाराम चौधरीले बनाएको ४८.३२ सेकेन्डको कीर्तिमान भङ्ग गरेका हुन् । कुमालले ४७.९५ सेकेन्डको कीर्तिमान बनाउँदै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । यद्यपि, बेइजिङमा आशाराम चौधरीले इलेक्ट्रिक टाइमिङमा दौड पूरा गरेका थिए । पोखरामा जारी प्रतियोगितामा भने हेन्ड टाइमिङ रहेको छ ।

४०० मिटरमानै एपिएफका आशिष चौधरीले ४९.४० सेकेन्डको समय निकाल्दै रजत जित्दा आर्मीकै प्रकाश दनुवारले ४९.९० को समय निकाल्दै काश्य हात पारे ।

महिलातर्फ एपिएफकी रमिता कुमारी थारुले ५८.१० सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन् । यसअघि यो कीर्तिमान तुलसा खत्रीको नाममा रहेको थियो । खत्रीले २०१९ चीनको हुवानमा भएको स्पर्धामा राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् ।

जितपछि सोमबहादुरले आफ्ना लागि पुरानो कीर्तिमान भङ्ग गर्न पाउनु गर्वको क्षण भएको बताए । उनले भने ‘मेरो लागि यो कीर्तिमा भङ्ग गर्न पाउनु ठूलो सफलता हो । मैले दौडका लागि गरेको मेहनत सफलता प्राप्त गरेको हो ।’

त्यस्तै, महिलातर्फ स्वर्ण जितेकी रमिताले आफूलाई एथलेटिक्समा पहिलेहिबाट लगाव रहेको बताइन् । उनले भनिन्,‘मलाई पहिलेबाटै एथलेटिक्समा लगाब थियो । जसले गर्दा निरन्तर दौडिए । जसले गर्दा सफल्ता हात पारे ।’

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’