काठमाडाैँ – नवौँ राष्ट्रिय खेलकुद्अन्तर्गत महिलातर्फ म्याराथनामा एपिएफकी बिन्द्रा श्रेष्ठले स्वर्ण जितेकी छिन्।
उनले २ घण्टा ५७ मिनेट २३ सेकेन्डको समय निकाल्दै स्वर्ण हात पारिन्। उक्त स्पर्धामा आर्मीकी विश्वरूपमा बुढाले ३ घन्टा ३५ सेकेन्डको समय निकाल्दै रजत जित्दा रेखा विष्टले ३ घन्टा १ मिनेट ३५ सेकेन्डको समयसहित काश्य हात पारिन्।
बिन्द्राले पहिलो पटक राष्ट्रिय खेलकुदको म्याराथनमा सहभागि भएको भन्दै आगामी दिनमा रेकर्ड ब्रेक गर्न प्रयास गर्ने बताइन्। उनले भनिन्।‘मैले आज स्वर्णका लागि प्रतिस्पर्धा गरेको थिँए। जहाँ सफल्ता हात लाग्यो।’ उनले आगामी दिनमा रेकर्ड तोड्न प्रयास गर्ने बताइन्। लामो समयदेखि ट्रयाक एण्ड फिल्डमा सक्रिय रहेकी बिन्द्राकी ९ वर्षीय छोरीसमेत छिन्।
जयरानीलाई लङजम्पमा कीर्तिमानसहित स्वर्ण
जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी जयरानी थारूले लङजम्पमा राष्ट्रिय रेकर्डसहित कीर्तिमानी जित निकालेकी छन्।
जयरानीले ५ मिटर ५८ सेन्टिमिटर जम्प गर्दै स्वर्ण हात पारिन्। उनले यसअघि निशा चौधरीले राष्ट्रपति रनिङ सिल्डमा ५ मिटर ४७ सेन्टिमिटर जम्प गर्दे बनाएको कीर्तिमान भङ्ग गरेकी थिइन्।
त्यस्तै, निशा चौधरीले ५ मिटर ४९ सेन्टिमिटर जम्प गर्दै रजत जित्दा सिला चौधरीले ५ मिटर ३१ सेन्टीमिटर जम्प गर्दै काश्य हात पारिन्।
जयरानीले जारी प्रतियोगितामा मंगलबार स्वर्ण जितेसँगै ३ वटा स्वर्ण पदक हात पारेकी छिन्।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































