तारादेवी तीन दिनदेखि ढाड दुखेर रेस्टमा बसिन्, अर्को दिन आएर स्वर्ण चुमिन्

तारादेवी तीन दिनदेखि ढाड दुखेर रेस्टमा बसिन्, अर्को दिन आएर स्वर्ण चुमिन्
+
-

उमेरले ४० वर्ष! खेलाडी बाहेकका लागि पनि यो जीवनमा स्वभाविक समस्या देखिने समय हो। यसमा पनि तारादेवीले विगत २१ वर्ष देखि निरन्तर भार उचालिन्। उनले भार मात्रै उचालिनन्, राष्ट्रिय खेलकुदमा एउटा नयाँ मानक बनाइन्।  ६ राष्ट्रिय खेलकुद ,६ स्वर्ण पदक- यो इतिहास यिनै तारादेवीका लागि नै हो। कसिलो र तागतिलो ज्यानका कारण भारोत्तोलनमा हाम फालेकी तारादेवी भन्छिन्-  ‘फाइदा भनौँ कि दु:ख, जो छोड्न मन लाग्दैन्, सायद स्वास्थ्यले साथ दिएसम्म निरन्तर लाग्ने छु।’

उनी लागिरहेकी छिन्। २०५८ यता भार उचाल्न थालेकी तारादेवी गलेकी छैनन्। उनलाई यो पटक केही पिर, शंका र डर भने मनमा थियो। किनकी उनी आफ्नो स्वास्थ्यका कारण स्वभाविक लयमा थिइनन्। तारादेवी भन्छिन्- ‘स्वास्थ्यले पहिला जस्तो साथ त कहाँ दिएको छ र यो पटक पनि ढाड दुखेर तीन दिनसम्म औषधि खाएर रेस्ट गरेँ अनि आएर सहभागी भएँ।’ हुन पनि उनी सहभागि मात्र भइनन्। उनले अर्को एक इतिहास आफ्नो नाममा पारिन्। चौथो राष्ट्रिय खेलकुददेखि नवौं राष्ट्रिय खेलकुद सम्म २४ वर्ष लगातार राष्ट्रिय खेलमा सहभागि मात्र भइनन्l स्वर्ण पनि जितिन्।

पहिलो सहभागितामा भलिबलमा स्वर्ण चुमेकी ताराले त्यसपछि भने करिअरको अर्को बाटो तय गरिन्। भारोत्तोलन उचालेर आफ्नो बलको परीक्षण गरेकी ताराले बलमात्र परीक्षण गरिनन्, जीवनका अधिकांश समय यही खेललाई दिइन्। त्यही भएर अहिले त परिवारले पनि उनलाई आराम गर्ने बेला भएन भनेर सोध्ने गर्छन्। ‘सबैले स्वास्थ्यको पनि ख्याल गर्नुपर्छ है भन्नु हुन्छ तर मलाई सक्छु जस्तो लाग्छ।’ उनलाइ सक्छु जस्तो लागेको मात्र होइन प्रमाणित पनि गरिरहेकी छिन्। सबैले पछिल्लो समय उनलाई सोध्छन्- ‘कहिलेसम्म हो, कहिलेसम्म!’ यसको जवाफ उनीसँग अमूर्त छ। भन्छिन्. ‘जवाफ त मसँग पनि कहाँ छ र? स्वास्थ्यले साथ दिएसम्म त छोड्दिन।’ अनि अझै ५, ७ वर्ष खेल्नु हुन्छ कि क्या हो? तारा हाँस्दै भन्छिन् ‘यति वर्ष उति वर्ष भनेर त तोक्दिन तर स्वास्थ्यले साथ दिएसम्म खेल्छु १, २ वर्षदेखि ८, १० वर्षपनि हुन सक्छ।’

त्यसो त ताराले जति सहज रुपमा भनेपनि पछिल्लो समय स्वास्थ्य उनले चाहेजसरी चलिरहेको छैन्। स्थानीय तहको चुनाव पछिबाट नवौंको तयारी गरेकी तारा पोखरामा अभ्यास गरिरहेकी थिइन्। एक्कासी ढाड सड्कियो। तारा भन्छिन्- ‘अहिले पनि स्वस्थ छैन। औषधि खाएँ, रेस्ट गरेँ, मलाई बिरामी भएर गल्ती गरेँ भन्ने छुट छैन।’

ताराले ढाड सड्किएपछि अस्पताल जाने रहर गरिनन्, उनलाई पक्कै पनि डाक्टरले रेस्ट गर्नु पर्छ भन्छन् भन्ने थियो। त्यसैले उनले राष्ट्रिय खेलकुद परिषदका डक्टर ज्ञानेन्द्रविक्रम शाहसँगको सल्लाहमा आफूले लिन मिल्ने औषधि खाइन् अनि रेस्ट गरिन्। तारा भन्छिन्. ‘डक्टर शाहले सिफारिस गरेको ओषधि खाएँ रेस्ट गरेँ। अनि सहभागी भएँ।’

उनले मंगलबार ८१ केजी तौल समूहमा उचालेको भारोत्तोलनको तीनै विधा स्न्याचमा ७० र क्लिन एण्ड जर्क १०२  र कुलमा १ सय ७३ केजी तीनैमा राष्ट्रिय कीर्तिमान बनाइन्। तर उनलाई आफै भने सोचे अनुसार प्रदर्शन हुन नसकेको लाग्छ, ‘मैले थप गर्न सक्थें। तर सोचेअनुरुप भएन।’

समग्रमा ताराले नवौंमा पनि आफ्नो लगातारको स्वर्ण छविलाई कायम राखिन्। उनको प्रतीक्षा र दर्शकको सद्भाव र राखेपले समयमा नै १० औँ राष्ट्रिय खेलकुद आयोजना गरेमा अर्को संस्करणमा पनि तारादेवी नेपाली भारोत्तोलनमा यस्तै जुझारु हुने छिन्। तर सबैको संयोगका पछि फेरि पनि समय हुने भएकाले उनले पनि भविष्य समयलाई नै जिम्मा लाउँदै भनिन्, ‘मैले निर्णय गर्नेभन्दा पनि मेरो स्वास्थ्य र शरीरले भावी दिनको यात्रा तय गर्ने छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?