चन्द्रकला जसले राष्ट्रिय खेलकुदका लगातार तीन संस्करणमा राष्ट्रिय रेकर्डसहित स्वर्ण जितिन्

चन्द्रकला जसले राष्ट्रिय खेलकुदका लगातार तीन संस्करणमा राष्ट्रिय रेकर्डसहित स्वर्ण जितिन्
+
-

पाेखरा- नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको महिला ज्याभलिन थ्रोमा नेपाल पुलिसकी चन्द्रकला लामगादेले ४७.६० मिटर फाल्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छन्।

अघिल्लो राष्ट्रिय खेलमा यो विधामा उनकै कीर्तिमान भए पनि गत सागमा लामगादेको कीर्तिमान लक्ष्मी थारुले तोड्दै ४५.२७ को कीर्तिमान बनाएकी थिइन्। तर राष्ट्रिय खेलमा पुन: लामगादेले आफ्नो पुरानो फर्म फर्काउँदै प्रतियोगितामा दोस्रो स्वर्ण हात पारिन्।

त्यसो त लामगादेले राष्ट्रिय खेलकुदको ज्याभलिन थ्रोमा लगातार तीन संस्करणमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण हात पारेकी हुन्। उनले पहिलो पटक सातौँ राष्ट्रिय खेलकुदमा ४३.९४ मिटर फाल्दै राष्ट्रिय कीर्तिमान बनाउँदै स्वर्ण जितेकी थिइन्।

त्यसपछि उनले आफ्नो निरन्तरता कायम राखिन्। आठौँमा ४४.५ मिटर फाल्दै दोस्रो राष्ट्रिय कीर्तिमानसहित दोस्रो पटक राष्ट्रिय खेलकुदमा स्वर्ण जितेकी थिइन्। तेस्रो पटक उनले पोखरामा ४७।६० मिटर फाल्दै पुन: कीर्तिमान बनाइन्।

छाेरीका साथमा चन्द्रकला।

राष्ट्रिय खेलकुदमा कीर्तिमानबीच लामगादेका लागि प्रतियोगिता भने उतरचढावपूर्ण रह्यो।

उनी भन्छिन्, ‘सागमा बिना वार्मअप फाल्नु परेको थियो। जसले गर्दा नतिजा सोचेअनुरूप आएन तर यो पटक मैले आफूलाई सुधारेर प्रदर्शन गर्दा सफलता मिल्यो।’

डेढ वर्षीया छोरीसहित मैदानमा आएकी चन्द्रकलाले आफूले यो उपाधि सम्पूर्ण परिवार र माया गर्ने र विशेष गरेर छोरीलाई समर्पित गर्ने बताइन्।

उनले भनिन्, ‘यो उपलब्धिमा परिवारको ठूलो हात छ। यसमा म मेरी छोरीसहित परिवारका सदस्यहरूलाई सम्झिरहेको छु।’

यस स्पर्धामा आर्मीकी लक्ष्मी थारूले ४५.४९ मिटर फाल्दै रजत जित्दा तेस्रो भएकी सीमा चौधरीले ४५.२० मिटर फाल्दै काश्य हात पारिन्।

पुरुषतर्फ रोहितलाई स्वर्ण

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको ज्याभलिन थ्रोको पुरुषतर्फ आर्मीका रोहित चौधरीले स्वर्ण पदक जिते। पोखरा रंगशालामा बुधबार भएको खेलमा रोहितले ६४.२५ मिटर थ्रो गर्दै स्वर्ण पदक हात पारे।

एपिएफका रमेश पोखरेलले ५५.४३ मिटर थ्रो गर्दै रजत जित्दा एपिएफकै मनोज डगौराले ५३.३९ मिटर थ्राे गर्दै कास्य हात पारे।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’