प्रहरीको अनुरोधः राति ९ बजेपछि देउसी–भैलो नखेल्नू, पटाका नपड्काउनू

प्रहरीको अनुरोधः राति ९ बजेपछि देउसी–भैलो नखेल्नू, पटाका नपड्काउनू
+
-

काठमाडौँ – तिहारका बेला पटाका, झिरझिरे नपड्काउन प्रहरीले अनुरोध गरेको छ।

पटाकाको प्रयोग गरेमा मुलुकी अपराधसंहिता, २०७४ को विष्फोटक पदार्थ (पटाका) सम्बन्धी कसुरमा तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताएका छन्।

त्यस्तै, तिहारको बेला राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न प्रहरीले अनुरोध गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले मर्यादित एवं सभ्य तरिकाले राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न अनुरोध गरेको हो।

हर्षोल्लासका साथ मनाइने तिहार पर्वमा अवाञ्छित गतिविधि पनि हुनसक्ने भएकाले राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न प्रहरीले अनुरोध गरेको हो। यदी अवाञ्छित क्रियाकलाप भएकोजस्तो लागेमा तत्कालै प्रहरीलाई खबर गर्न पनि एसपी मैनालीले आग्रह गरेका छन्।

मादकपदार्थ सेवन गरेर सवारीसाधन नचलाउन, सार्वजनिक स्थानमा मद्यपान, धुम्रपान नगर्न, नगद बहुमूल्य सामान, गरगहना लकरमा राख्न, विद्युतीय माध्यमबाट मात्र आर्थिक कारोबार गर्नसमेत प्रहरीले काठमाडौँवासीलाई आग्रह गरेको छ।

तिहार तथा छठ पर्वका लागि गाउँ जान लागेको तस्बिर तथा जानकारी सामाजिक सञ्जालमा पोष्ट नगर्न समेत प्रहरीले आग्रह गरेको छ।

प्रहरीले यात्रालाई सहज बनाउका लागि छतमा चढेर यात्रा नगर्न, सडकको दायाँबायाँ जथाभावी पार्किङ नगर्न, ट्राफिक नियमको पालना गर्न पनि अनुरोध गरेको छ।

त्यस्तै यात्रा गर्ने क्रममा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, नचिनेको व्यक्तिले घरको ढोका ढकढक्याएमा नखोल्न, आफ्नो घर, छरछिमेक र टोलमा सिसी क्यामेरा जडान गर्न, लामो समय घरबाहिर जानुपरेमा विश्वासिलो छिमेकी र आफन्तलाई जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?