झापाबाट १५ लाख बराबरको पटाका बरामद, खुला सीमा मुख्य चुनौती

झापाबाट १५ लाख बराबरको पटाका बरामद, खुला सीमा मुख्य चुनौती
+
-

काठमाडौँ – झापाको विभिन्न स्थानबाट अवैध रुपमा ओसारपोसार भइरहेको १५ लाख बराबरको पटाका प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले विभिन्न समयमा अवैध रुपमा ओसारपोसार भइरहेको १५ लाख २७ हजार ८ सय रुपैयाँ बराबरको विभिन्न किसिमका पटकाजन्य पदार्थहरु बरामद गरी नष्ट गर्ने तयारी गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी बसन्त पाठकले बताएका छन्।

उनका अनुसार पछिल्लो १५ दिनमा सो बराबरको पटाका बरामद गरिएको हो।

‘तिहारलाई लक्षित गरेर अवैध रुपमा सीमानाकालगायत विभिन्न स्थानहरुबाट नेपाल भित्रिएका पटाका हामीले नियन्त्रणमा लिएका हौँ,’ उनी भन्छन्, ‘खुला सीमा नाका भएका कारण पनि पटाका धेरै मात्रामा बरामद भएको हो।’

तिहारको समयमा पटाकाको प्रयोगले अवाञ्छित गतिविधिसमेत हुनसक्ने भन्दै पटाकाजन्य पदार्थको प्रयोग नगर्नसमेत झापा प्रहरीले आग्रह गरेको पाठकले बताए।

कार्यक्रममा दिपावली र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान–प्रदान तथा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्‍वमणि पोखरेलको कार्यकाल २०७९ पौष २८ गतेदेखि २०७९ असोज मसान्तसम्म सम्पादन भएका मुख्य कार्यहरुको प्रगति विवरणहरु समेत प्रस्तुत गरिएको थियो।

तिहारलाई सभ्य र सुरक्षित तरिकाले मनाउनसमेत झापा प्रहरीले आग्रह गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?