यमपञ्चककाे चाैथाे दिन पशुपतिमा गरियाे गाईपूजा (तस्बिरहरूसहित)

यमपञ्चककाे चाैथाे दिन पशुपतिमा गरियाे गाईपूजा (तस्बिरहरूसहित)
+
-

काठमाडाैँ- कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चककाे चाैथो दिन मंगलबार गाईको पूजाआजा गरिँदैछ।

यसैक्रममा पशुपतिस्थित राममन्दिरमा रहेकाे संस्कृत वेद विद्या आश्रमका बटुकहरूले पनि गाईपूजा सम्पन्न गरेका छन्। उनीहरूले विधिपूर्वक गाईकाे पूजा गरेका हुन्।

बटुकहरूले पूजापश्चात् गाईलाई  मीठामीठा परिकार पनि खान दिएका छन्।

बटुकसँगै सर्वसाधारण पनि गाईपूजाका लागि आउने गर्दछन्। उनीहरूले पनि विधिपूर्वक गाईपूजा सम्पन्न गरेका छन्।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ।

तस्बिरहरू हेर्नूहाेस्:

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’