सन्दीपको बयानः किशोरीले कर गरेपछि नगरकोट जान सहमत भएँ

सन्दीपको बयानः किशोरीले कर गरेपछि नगरकोट जान सहमत भएँ
+
-

काठमाडौँ – बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेले उजुरीकर्ता किशोरीले कर गरेपछि नगरकोट गएको बताएका छन्।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले अदालतमा पेश गरेको अभियोग पत्रमा सन्दीपको उक्त बयान उल्लेख गरिएको छ। साथै उनले ती किशोरीले ‘आफू दयनीय स्थितिमा रहेको’ भन्दै भेट्न कर गरेको बताएका छन्।

किशोरीसँग भेट भएपछि किशोरीले नै नगरकोट जान भनेको सन्दीपको भनाइ छ।

‘बिहानदेखि नै नगरकोट जाने मुड बनाएको छु, भनेकोमा मैले सम्भव छैन भनेको थिएँ’, उनले बयानका क्रममा भनेका छन्, ‘मैले होस्टलबाट साथीहरुलाई नगरकोट जाँदैछु भनेर बताएर आएको, एकछिन भए पनि नगरकोट गएर आउनुपर्छ भनेर आएको छु, एकछिन भएपछि नगरकोट गएर आउनुपर्छ भनी कर गरेको गर्‍यै गरेपछि मैले खाजा खाएर फिर्ता आउने शर्तमा निजको चित्त नदुखोस् भनी नगरकोट जान सहमत भएको थिएँ।’

सन्दीपले भनेका छन्, ‘बाटोमा जाँदै गर्दा भक्तपुरको दरबार स्क्वायर पुग्दा उनलाई मैले नगरकोट पुग्दा ढिलो हुन्छ, फेरि तिम्रो होस्टल पनि बन्द हुन्छ, यतैकतै खाजा खाएर फर्किउँ भन्दा उनले होइन, होस्टल बन्द हुँदैन, जति बेला पनि खुला हुन्छ र मलाई नगरकोटबाट साँझको भ्यू अवलोकन गर्न इच्छा छ भनेकी थिइन्’, उनले भनेका छन्, ‘त्यतिबेलासम्म हामीले नगरकोटमा बस्ने योजना बनाएका थिएनौँ।’

त्यसक्रममा नगरकोटको बोजिनी रिसोर्टमा गएको उनले भनेका छन्। त्यहाँ गीत गाउँदै रमाइलो गरेको लामिछानेले बयानमा बताएका छन्। खाजा खाएपछि भ्यू हेर्ने क्रममा किशोरीले आफ्नो काँधमा आफ्नो टाउको अड्याएर उभिएको भन्दै सन्दीपले भनेका छन्, ‘त्यसरी उभिँदा मलाई असहज भएपछि मैले अब हामी जाने होइन, ढिला भइसक्यो, रात पर्‍यो, तिम्रो होस्टल पनि बन्द हुन्छ भन्दा उनले ढिला भएको छैन भनेकी थिइन्।’

त्यतिबेला पीडित भनिएकी किशोरीले नै ‘ढिला भए पनि केही छैन, यतै बसौँला’ भन्ने कुरा गरेको सन्दीपको दाबी छ।

फर्किएर आउने क्रममा राति ११:१५ बजेतिर होस्टलबारे सोध्दा ‘होस्टल बन्द भइसकेको’ बताएको उनले प्रहरीसमक्ष बयानमा बताएका छन्। त्यो कुरा सुनेर आफू छक्क परेको उनले भनेका छन्।

लामिछानेले जाँदा गाडीमा कुराकानी हुँदा किशोरीले आफू १९ वर्ष पुगेको बताएको पनि जिकिर गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?