एसियाडको तयारी गर्नुपर्ने खेलाडी चुनावी अभियानमा

एसियाडको तयारी गर्नुपर्ने खेलाडी चुनावी अभियानमा
+
-

एसियाको सर्वाधिक प्रतिष्ठित खेलकुद प्रतियोगिताको ‘एसियाली खेलकुद प्रतियोगिता’ (एसियाड) का लागि अहिले एसियाका अधिकांश देशले तयारी तीव्र रूपमा गरिरहेका छन्।

एकपटक स्थगित भएर नयाँ मितिमा आयोजना गर्न लागिएको प्रतियोगिता आउन करिब एक वर्ष बाँकी रहँदा नेपालले भने तयारी सुरु गरेको छैन।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअघि एसियाली खेलकुदको तयारी गर्न भन्दै राष्ट्रिय खेलकुद परिषद (राखेप)ले विशेष तयारी भन्दै आठौँ, साग र अन्य प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा खेलाडीहरूलाई क्लोज क्याम्पमा बोलाएको थियो।

तर, पुन: नवौँ राष्ट्रिय खेलकुद हुने भएपछि सम्बन्धित संघ र विभागमा नै खेलाडी फिर्ता गरियो। तत्कालीन  राखेपकाे प्रशिक्षण विभाग प्रमुख रहेका हिमालराज दाहालले खेलाडीलाई नवौँका लागि रिलिज गरिएको र पुन: खेलाडीलाई क्लोज क्याम्पमा नबोलाइएको बताए।

दाहालले भने, ‘हामीले त्यो बेलामा एसियाडको तयारीका लागि खेलाडीलाई विशेष प्रशिक्षणमा बोलाएका थियौँ। तर, त्यसपछि तिहार र आउँदै गरेको चुनावका कारण क्लोज क्याम्प सुरु गर्न सकेका छैनौँ।’

अधिकांश खेलाडी विभागीय टिममा भएकाले गर्दा तत्काल खेलाडीलाई क्लोज क्याम्पमा नबोलाइएको दाहालकाे भनाइ छ।

उनले भने, ‘चुनावका कारण अहिले विभागले खेलाडी रिलिज गर्न नसक्ने जनाएको छ। हामीले पनि देशको महत्त्वपूर्ण विषय भएकाले खेलाडीलाई अहिले फोर्स गरेका छैनौँ।

यद्यपि दाहालले राखेपले खेलाडी रिलिजका लागि औपचारिक पत्र नपठाएको बताए।

उनले भने, ‘हामीले औपचारिक रूपमा नै पत्र पठाएर खेलाडीलाई क्लोज क्याम्पमा आउन भनेका छैनौँ। त्यसका लागि हामी छलफलमा नै छाैँ। अनौपचारिक रूपमा चुनावपछि मात्रै क्लोज क्याम्पमा खेलाडी विभागले पठाउने भनेकाले सोहीअनुसार गर्ने छाैँ।’

केही समय अघिमात्र राखेपकाे प्रशिक्षण विभाग प्रमुख रहेका प्रचण्ड शर्माले नवौँलाई आधार मानेर खेलाडी छनोट गरिने बताए।

उनले भने, ‘हामी नवौँलाई आधार मानेर खेलाडी छनोट गर्ने छौँ। यसअघि भएको क्लोज क्याम्पमा रहेका खेलाडी जसले नवौँ राष्ट्रिय खेलकुदमा राम्रो गर्न सकेनन्। उनीहरूलाई पनि छनोटको मौका दिन सकिन्छ।’

दाहालले पनि चुनावअघि प्रशिक्षण सुरु हुने सम्भावना कमजोर रहेको बताए।

नवौँ राष्ट्रिय खेलकुदमा सर्वाधिक स्वर्ण जितेको आर्मीका खेलकुद विभाग प्रमुख रहेका मुनाल बस्नेत भने खेलकुद र चुनावलाई सँगै लान सकिने बताउँछन्।

‘एसियाड भनेको राष्ट्रको प्रतिनिधित्वको विषय हो, यसका लागि खेलाडी छनोट गरेर जतिसक्दो चाँडो क्लोज क्याम्पमा राख्नुपर्छ भन्नेमा आर्मी सचेत छ। तर, राष्ट्रलाई आवश्यक परेको यो महत्त्वपूर्ण क्षणमा काममा खटिनुपर्ने दायित्वलाई पनि बिर्सनु हुँदैन’, उनले भने।

उनले राखेपले औपचारिक पत्र नपठाएको भन्दै पत्र पठाएर क्लोज क्याम्पमा राख्न चाहेमा आर्मीले सक्दो सहजीकरण गर्ने बताए।

चुनावका बेला सर्वाधिक बढी खटिनुपर्ने नेपाल पुलिसका खेलाडीलाई भने तत्काल रिलिज गर्ने सम्भावना कमजोर रहेको पुलिसका खेलकुद विभाग प्रमुख रुकेश तन्डुकार बताँउछन्।

उनी भन्छन्,  हामीसँग भएको जनशक्ति कम भएर म्यादी प्रहरीसमेत भर्ना गर्नु परेको छ। हरेक बुथको र हरेक ठाउँको सुरक्षाको पहिलो जिम्मेवारी नेपाल पुलिसको हो। त्यसैले तत्काललाई चुनाव नै प्राथमिक्तामा राखेका छौँ।

उनले ओलम्पिकको तयारीका लागि छात्रवृत्ति पाएका खेलाडीलाई भने पुलिसले अहिले नखटाएको बताए।

जुडो संघले पत्र लेखेर नै मनिषा श्रेष्ठ प्रधानलाई चुनावमा नखटाउन आग्रह गरेको उनले जानकारी दिए। साथै उनले ४ जना खेलाडी अहिले ओलम्पिकको तयारीमा रहेकाले सबैलाई अहिले पनि खेलका लागि फोकस गरेको बताए।

पुलिसका मनिषासँगै ब्याडमिन्टनका प्रिन्स दाहाल, टेबल टेनिसका सञ्जोग थकाली र भारोत्तोलनका सागर भण्डारी ओलम्पिकको कोटामा रहेका छन्।

प्रशिक्षक तथा पूर्व खेलाडी दिपक श्रेष्ठले आफूहरूले राखेपलाई तयारीका लागि आग्रह गरेको बताए।

उनले भने, ‘हामीले प्रशिक्षणका कामहरू सुरु गर्‍याैँ भनेर सदस्यसचिवसँग कुरा गरेको हो। उहाँले धेरै विभागका खेलाडी भएकाले अहिले प्रसाशनिक काम गर्ने र अभ्यासको काम चुनाव पछि सुरु गरौँ भन्नु भयो।’

श्रेष्ठले अब चुनावअघि सबै प्रशासनिक काम सकेर चुनावलगत्तै ट्रेनिङ सुरु गर्नु पर्ने बताए। अहिले प्रशासनिक काम सक्ने र चुनाव लगतै अभ्यास सुरु गर्ने गरी तयारी गरिरहेको उनकाे भनाइ छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?