सन्दीपलाई केन्द्रीय कारागार पठाइने

सन्दीपलाई केन्द्रीय कारागार पठाइने
+
-

काठमाडौं- बलात्कार आरोपी सन्दीप लामिछानेलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिने भएको छ ।

जिल्ला अदालत काठमाडौंले शुक्रबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। आदेशसँगै उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गर्न भनिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताएका छन्।

नाबालिकमाथि बलात्कारको अभियोग लागेको क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले पुर्पक्षका लागि धुनामा पठाएको छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधव घिमिरेको इजलासले शुक्रबार थुनछेक बहसपछि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका हुन् ।

जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले पनि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको बताएका छन् ।

गएको असोज २० गते पक्राउ परेका सन्दीपलाई १० देखि १२ वर्षको कैद सजाय हुनु पर्ने माग दाबीसहित जिल्ला अदालतमा रिट दायर भएको थियो । पुर्पक्षका लागि थुनामा गएसँगै लामिछाने मुद्धाको अन्तिम टुंगो नलागेसम्म हिरासतमै रहने भएका छन् ।

उनीमाथि किशोरीलाई बलात्कार गरेको आरोप छ । सो आरोप सन्दीपले अस्वीकार गर्दै आएका छन् । सन्दीपका वकिलले आरोप लगाउने किशोरी नाबालिक नरहेको दाबी गरेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?