छोटो बाटो हिँड्न खोज्दा हराएका ४ विद्यार्थीको ११ घण्टापछि उद्धार

छोटो बाटो हिँड्न खोज्दा हराएका ४ विद्यार्थीको ११ घण्टापछि उद्धार
+
-

काठमाडौँ- ललितपुरको फुल्चोकीमा हराएका चारजना विद्यार्थीहरूलाई प्रहरीले उद्धार गरेको छ।

काठमाडौँको मूलपानीमा रहेको नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालयको कक्षा ११ र १२ मा पढ्ने १ सय २५ जना विद्यार्थी तथा ९ जना शिक्षक फुल्चोकी घुम्न गएका थिए।

शनिबार दिउँसो करिब २ बजे फर्किने क्रममा उनीहरूमध्ये ४ जना विद्यार्थी हराएका थिए। फुल्चोकीमा हराएका चारजना विद्यार्थीको ११ घण्टापछि उद्धार गरेको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएको छ।

छोटो बाटो हिँड्न खोजेपछि उनीहरू जंगलमा हराएको जिल्ला प्रहरी परिसर ललितपुरले जानएको छ।

शिक्षक र विद्यार्थीहरूले मिलेर खोज्दा पनि फेला नपरेपछि शनिबार साँझ करिब ७ बजेतिर उनीहरूले प्रहरी प्रभाग, बाडेगाउँमा खबर गरेका थिए। खबर पाएपछि प्रहरी निरीक्षकसहित खटिएको २० जनाको टोलीले मध्यराति १ बजे उनीहरूलाई फेला पारेको परिसरले जनाएको छ।

विद्यार्थीहरूलाई फेला पारेर शिक्षकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?