महेश बस्नेतको प्रतिष्ठामा दुर्लभको धावा

महेश बस्नेतको प्रतिष्ठामा दुर्लभको धावा
+
-

कौशलटारदेखि बाल्कोटसम्म पुग्दा बाटोमा उपस्थित सुरक्षाकर्मीको बाक्लो जमातले यो क्षेत्रको चुनावी सरगर्मीलाई इंगित गर्छ। भक्तपुरको दुई नम्बर क्षेत्र यो पटक देशमा धेरैको चासोको क्षेत्रका रूपमा रहेको छ।

त्यसो त अहिले एमाले जिताउने एक्लो कमान्डरका रूपमा देश दौडाहामा रहेका केपी ओली बालकोट आउने-जाने भइरहन्छ। चुनावी माहोलमा सानो घटनाले ठुलो असर पार्ने आँकलनले सुरक्षाकर्मीले उपस्थिति केही बाक्लो हुनु स्वाभाविक नै छ।

सोमबार बालकोटको माहोल अन्य दिनको तुलनामा केही फरक थियो। महेश बस्नेतका लागि केपी ओली भोट माग्न चितवनबाट बालोकोट आउँदै थिए।

अघिल्ला चुनावमा अन्य साथीहरूका लागि भोट माग्न पुग्ने महेश बस्नेत यो पटक आफ्नै चुनावी क्षेत्रमा सक्रिय छन्। उनी आफैँ मात्र सक्रिय छैनन्। उनका लागि केपी ओलीले पनि आएर बोल्दिनु पर्ने अवस्था बनेको छ।

उसाे त भक्तपुर- २ महेश बस्नतेका लागि मात्र होइन, स्वंय अध्यक्ष केपी ओलीका लागि पनि उत्तिकै प्रतिष्ठाको विषय हो। पूर्वप्रधानमन्त्री ओलीको निवास भएकाले पनि यो सिंगो देशको नजर परेको क्षेत्र हो।

ओली निवास र महेशको आफ्नै व्यक्तित्वले पनि यो निर्वाचन क्षेत्र दुवै नेताका लागि प्रतिष्ठा बन्दा कांग्रेसका लागि भने महेशको दवदवा तोड्न सबैभन्दा अनुकूल मौका रहेको छ।

त्यही भएर दुर्लभ थापा गठबन्धनको बलमा यो पटक चुनावी नतिजा आफ्नो पोल्टोमा पार्न प्रयासरत छन्। कांग्रेसजनमा देउवा निकट मानिने दुर्लभलाई महेशलाई हराउनकै लागि भए पनि संस्थापन इतर पक्षले पनि खुलेर सहयोग गरेको छ।

राष्ट्रव्यापी रूपमा ओलीको अनुहार देखाएर एमालेजनले भोट मागिरहँदा भक्तपुर क्षेत्र नम्बर दुईमा पनि सोमबार भएको आमसभामा ओलीप्रेरित नाराहरू लागे।

‘एमाले गौण बन्यो, अहिले एमाले भनेकै ओली र ओली भनेकै एमाले भन्ने अवस्था सिर्जना भएको छ’, स्थानीय एक एमाले नेता भन्छन्, ‘पहिला पार्टीलाई प्रायोरिटीमा राखिन्थ्यो। साथीहरू पार्टीका लागि खट्थे। तर, अहिले पार्टी ओलीका लागि खट्नु पर्ने अवस्था आएको छ। एमाले गौण बन्नु र व्यक्ति प्रदान हुनुपर्ने अवस्था पार्टी जीवनका लागि राम्रो संकेत होइन।’

गत चुनावमा लोकप्रिय मत

गत संसदीय चुनावमा एमालेका महेश बस्नेतले उपत्यकाकै लोकप्रिय मतसहित चुनाव जिते। भक्तपुर क्षेत्र नम्बर २ बाट कांग्रेसका उम्मेदवार दमननाथ ढुंगानालाई बस्नेतले दोब्बर मतले पराजित गरे। बस्नेतले ३६ हजार ४ सय १२ मत पाउँदा कांग्रेस उम्मेदवार ढुंगानाले १८ हजार ६ सय ७५ मतमात्र ल्याए। उक्त क्षेत्रमा उम्मेदवार बनेकी नेपाल मजदुर किसान पार्टीकी नेतृ पूर्व सांसद अनुराधा थापाले ५ हजार ४ सय ७१ मतमात्रै पाइन्।

गत चुनावालई आधार मान्दा महेश बस्नेतका लागि यो चुनाव सहज हुनु पर्ने हो। तर, महेशको दौडधुपले उनलाई यो पटक चुनाव जित्न पहिलाजस्तो सहज नरहेको देखाउँछ। यद्यपि उनले आफूले विगतभन्दा फराकिलो मतान्तरले जित्ने दावी गर्छन्।

विगत र अहिले के फरक छ?

भक्तपुर-२ मा महेश बस्नेतले जित्दा तत्कालीन समयमा केही महत्त्वपूर्ण कारणलाई मुख्य मानिएको थियो। तत्कालीन समयमा देशभर बाम तालमेल हुँदा भक्तपुर- २ बाट महेश बस्नेत साझा उम्मेदवार थिए। दोस्रो कारण कांग्रेसबाट उठेका दमनाथ ढुंगानालाई बाहिरिया उम्देवारका रूपमा चित्रित गरियो भने स्थानीय कांग्रेसीहरूले नै असहयोग गरे। तेस्रो महेश बस्नेतले आफ्नो क्षेत्रमा गरेको विकासको नारा र राष्ट्रियस्तरमा आफ्नो पँहुच र बजेट ल्याउन सक्ने क्षमता भएकाे प्रचारले पनि उनको फराकिलो जितमा भूमिका खेल्यो।

तर, अहिले बेला-बेला आफ्नै अभिव्यक्तिले विवादमा तानिने गरेका महेशलाई चुनाव जित्न माथिका दुई आधारहरू छैनन्। अर्थात् भक्तपुरमा महेशसँग कुनै गठबन्धन छैन। अनि कांग्रेसले पनि भक्तपुरका स्थानीय नेता तथा जिल्ला सभापति दुर्लभ थापालाई उम्मेदवारी दिएको छ। तर महेशसँग तेस्रो अवस्था भने विद्यमान नै छ। उनले विकासका एजेन्डामा एकल स्वामित्व लिएर प्रचार गरिरहेका छन्। सोमबारको चुनावी सभामा पनि महेशले भक्तपुर विकासको जिम्मा आफ्नो भएको र अरूले आफूले गरेको कामको जस लिने प्रयास गरेको दावी गरेका थिए।

स्थानीय तहको निर्वाचनले बढाएको दबाब

स्थानीय चुनाव अघिसम्म महेश बस्नेत आफ्नो जितमा ढुक्कजस्तै देखिन्थे। भक्तपुर -२ मा आफ्नो विरासतमा कसैले धावा बोल्न नसक्ने उनको अनुमान गत वैशाखमा भएको स्थानीय तहको चुनावले संशयमा पार्‍यो। एमालेको गड मानिँदै आएको सूर्यविनायक नगरपालिकामा १५२६ मतले एमालेले मेयरमा जित हासिल गर्‍यो। एमालेका बासुदेव थापाले १४ हजार ७५८ मत प्राप्त गर्दा कांग्रेसका निशान ढुंगेलले १३ हजार २३२ मत पाए। अघिल्लो चुनावमा उनले २ हजार बढी मतान्तरको जित निकालेका थिए। यो पटक यो अन्तर घट्यो तर एमालेले जित यात्रा कायम राख्यो।

तर, मध्यपुर भने यो पटक एमालेले गुमायो। अघिल्लो स्थानीय तहको चुनावमा एमालेका मदनसुन्दर श्रेष्ठले कांग्रेसका अष्ट कवेलाई ३ हजार बढी मतले पाखा लगाउँदै मेयर जितेका थिए। यो पटकको स्थानीय तहमा कांग्रेसले ४ हजार बढी मत अन्तरले जित हासिल गर्‍यो। स्थानीय तहको गठबन्धन अहिले पनि कायम छ। जसले गर्दा कांग्रेस उत्साहित रहँदा महेश रक्षात्मक अवस्थामा धकेलिएका छन्।

कडा प्रतिस्पर्धा, अन्य दलको भूमिका महत्त्वपूर्ण

त्यसो त भक्तपुर- २ मा अन्य स्थानमा जस्तो स्वतन्त्रको दबदबा कम छ। यहाँ कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुनेछ। तर, नेपाल मञ्जदुर किसान पार्टीले आफ्नो पूरानै उम्मेदवार अनुराधा थापालाई दोहोर्‍याएको छ। उनले गत चुनावमा ५ हजार बढी भोट ल्याएकी थिइन्।

त्यसैले नेमकिपाले यो पटक आफ्नो भोट आफैँ सुरक्षित गरेको खण्डमा महेशमाथि दवाव थप बढ्ने छ। त्यसो त राप्रपासँग पनि स्थानीय तहलाई आधार मान्दा करिब ३ हजार भोट रहेको छ। जसलाई अन्तिमसम्म आफ्नो पक्षमा पार्न महेशले प्रयास गरे पनि अहिलेसम्म सफल हुन सकेका छैनन्।

भक्तपुर २ मा कूल ९१ हजार ९ सय ११ मतदाता रहेका छन्। यी मतदाबाट आफ्नो पक्षमा भोट तान्नका लागि २६ उम्मेदवार चुनावी मैदानमा छन्। तर जितका लागि फेरि पनि प्रतिस्पर्धा भने महेश र दुर्लभबीच नै हुनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?