काठमाडौं- कतारमा जारी फिफा विश्वकप फुटबलमा नेदरल्यान्डले विजयी सुरुवात गरेको छ। समूह ए अन्तर्गत भएको प्रतिस्पर्धात्मक खेलमा नेदरल्यान्डले गरेका दुई राम्रा प्रहार गोलमा परिणत भएपछि सेनेगल विरुद्ध २-० को महत्वपूर्ण जित हात पार्न डच टिम सफल रह्यो।
सोमबार भएको खेलमा युरोपियन जाइन्ट नेदरल्यान्ड विरुद्ध अफ्रिकन च्याम्पियन सेनेगलले दोस्रो हाफमा निरन्तर गोलको प्रयास गरेपनि डच गोलरक्षकले सेनेगलका प्रहारलाई सानदार बचाउ गरेका थिए।
तर डच टिम अन्तिम केहि मिनेट भाग्यमानी बन्दा २ गोल गर्न सफल भयो। गोलरहित बराबरी उन्मुख खेलमा नेदरल्यान्डका कोडी गक्पोले फ्रेन्की डि जोङको क्रसलाई ८४ औं मिनेटमा सानदार हेड गर्दै टिमलाई महत्वपूर्ण अग्रता दिलाए।
निर्धारित समय १-० ले अघि रहेको नेदरल्यान्डले ८ मिनेट थपिएको इन्जुरी समयको अन्तिम मिनेटमा अग्रता दोब्बर बनाउन सफल भयो। ड्याभि क्ल्यासनले गोलरक्षकले वानटच समाउन नसकेको बललाई रिबाउन्डमा गोल गर्दै टिमलाई २-० को सहज जित दिलाए।

                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































