विश्वकप फुटबल:  एकतर्फी खेलमा स्पेनको गोल वर्षा 

विश्वकप फुटबल:  एकतर्फी खेलमा स्पेनको गोल वर्षा 
+
-

कतारमा जारी २०२२ को फिफा विश्वकपमा युरोपियन जाइन्ट स्पेनले कोस्टारिका विरुद्ध गोल वर्षा गरेको छ। एकतर्फी जित निकाल्ने क्रममा लुइस एनरिकेको स्पेनले ७-० को जित निकाल्यो।

विश्वकपमा यो स्पेनको सर्वाधिक फराकिलो जित समेत हो। उसले ८१ प्रतिशत बल पोसेसनमा राख्दै निरन्तर मुभ बनाएको थियो। कोस्टारिकाले एउटापनि सट टार्गेटमा राख्न सकेन्।

विश्वकप इतिहासमा ७-० को फराकिलो जित निकाल्ने स्पेन चौथो टिम हो। यसअघि उरुग्वेले स्कटल्यानडलाई १९५४, टर्कीले कोरियन रिपब्लिकलाई १९५४, पोल्यान्डले हाइटीलाई १९७४ र पोर्चुगलले उतर कोरियालाई २०१० मा ७-० ले पराजित गरेका थिए।

बुधबार राति दोहा स्थित अल थुमामा मैदानमा भएको खेलमा स्पेनले कोस्टारिका विरुद्ध सुरुवातबाटै दबाबमा राख्दै निरन्तर गोल गरेको थियो। स्पेनका लागि ड्यानी ओल्मोले ११ औ मिनेटमा पहिलो गोल गर्दा दोस्रो गोल मार्कुस एसोनसियोले २१ औ मिनेटमा गरे।

पहिलो हाफमै अग्रता ३-० मा पुर्‍याउने क्रममा फेरान टोरेसले पेनाल्टीमा गोल गरेका थिए। पहिलो हाफमा ३-० को अग्रता बनाएको स्पेनले दोस्रो हाफमा पनि गोल वर्षा जारी राख्दै थप ४ गोल गर्यो। टोरेसलेनै ५४ औ मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि चौंथो गोल सम्भव बनाए।

युवा स्टार पाएज गाभिराले ७४ औं मिनेटमा टिमका लागि पाँचौ गोल गरे। उनी स्पेनका लागि विश्वकपमा गोल गर्ने सर्वाधिक युवा खेलाडी बन्दा विश्वकप इतिहासमा पेलेपछि कम उमेरमा गोल गर्ने तेस्रो खेलाडी बने। 

उनले १८ वर्ष १ सय १० दिनमा गोल  सम्भव बनाउँदा पेलेले १७ वर्ष २ सय ४९ दिनमा विश्वकपमा गोल गरेका थिए। त्यस्तै म्यानुएल रोसाले १८ वर्ष ९९ दिनमा गोल गर्दै सर्वाधिक युवा उमेरमा गोल गर्ने दोस्रो खेलाडी बनेका थिए। 

स्पेनलाई आधा दर्जन गोल स्कोर पक्का गर्ने क्रममा कार्लोस सोलेरले ९० औ मिनेटमा टिमका लागि छैटौं गोल गरे। लगतै इन्जुरी समयमा अल्बारो मोराटाले टिमको स्कोर ७-० मा पुर्‍याएका थिए। 

स्पेनले विश्वकप फुटबलमा चौथो पटक चार गोल या सो भन्दा बढी गोल अन्तरमा जित हासिल गरेको हो। पछिल्लो पटक स्पेनले २००६ को विश्वकपमा युक्रेनलाई ४-०  गोल अन्तरले पराजित गरेको थियो।

जितसँगै स्पेन समूह ‘इ’ मा तीन अङ्क जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। यसअघि भएको समुहकै अर्को खेलमा जापानले जर्मनीलाई २-१ ले पराजित गरेको थियो। स्पेनको फराकिलो जित सँगै जर्मनीको संकट भने बढेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?