मेसी प्रेरित खेलमा अर्जेन्टिनाको पहिलो जित

मेसी प्रेरित खेलमा अर्जेन्टिनाको पहिलो जित
+
-

पहिलो खेलमा साउदी अरेबियासँग पराजित भएको अर्जेन्टिनाले आफ्नो दोस्रो खेलमा मेक्सिकोलाई २-० ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको छ।

जितसँगै अर्जैन्टिनाले नकआउटको सम्भावना कायम राखेको छ। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा अर्जेन्टिनाले दोस्रो हाफमा कप्तान लियोनेल मेसीको एक गोल र एक असिस्टमा २ गोलको अग्रता बनाएको थियो।

६४ औ मिनेटमा एञ्जल डि मारियाले दिएको क्रसलाई लियोनेल मेसीले करिब २० यार्डबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो। उनको यो जारी विश्वकपमा दोस्रो गोल समेत हो।

पहिलो गोल गरेपछि थप आक्रामक बनेको अर्जेन्टिनाले ८७औ मिनेटमा अग्रता दोब्बर बनाएको थियो। मेसीको पासमा इन्जो फर्नान्डेजले गोल गर्दै टिमको जित निश्चित गरेका थिए। जितसँगै अर्जैन्टिनाले निर्णायक खेलमा पोल्यान्डसँग प्रतिस्पर्धा गर्ने छ।

पहिलो खेलमा अर्जेन्टिना साउदी अरेबियासँग २-१ ले पराजित भएको थियो। मेक्सीकोले भने पोल्यान्डसँग गोलरहित बराबरी खेलेको थियो। पोल्यान्डले शनिबारनै भएको खेलमा साउदी अरेबियालाई पराजित गर्दै ४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। साउदी र अर्जेन्टिनाको समान ३ अंक भएपनि अर्जेन्टिना अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?