काठमाडौं-विश्वकप फुटबल अन्तर्गत समूहचरणको अन्तिम खेलमा अर्जेन्टिना र पोल्यान्डले पहिलो हाफ गोलरहित बराबरी खेलेका छन्।
समूह सी अन्तर्गत जारी खेलमा अर्जेन्टिनाले खेल पुर्ण रुपमा नियन्त्रणमा राखेपनि गोल गर्न भने असफल भएको छ। अर्जेन्टिनाले खेलको ३९ औ मिनेटमा भिएआरको सहयोगमा पेनाल्टी पाएपनि कप्तान लियोनेल मेसीले सदुपयो गर्न असफल भए। उनको प्रहार पोल्यान्डका गोलरक्षक वजसिज सजेन्सीले बचाएका थिए।
खेलमा अर्जेन्टिनाले गोलका अन्य केहि राम्रा मौका पाएपनि सदुपयोग गर्न सकेन्। त्यस्तै समूह सी अन्तर्गतनै साउदी अरेबियार मेक्सीको बिचको खेलपनि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































