विश्वकप फूटबल अन्तर्गत समूह ‘सी’ को अन्तिम चरणको खेलमा पोल्यान्ड विरुद्व अर्जेन्टिनाले अग्रता बनाएको छ। खेल सुरु भएको ६० सेकेन्डमानै अर्जेन्टिनाले खेलमा अग्रता लिएको हो।
अर्जेन्टिनालाई अग्रता दिलाउने क्रममा एलेक्सीस एलिस्टरले गोल गरेका थिए। उनको यो पहिलो अन्तराष्ट्रिय गोलसमेत हो। उनले नहुल मोलिनाको क्रसलाई सानदार फिनिस गरेका थिए।
त्यस्तै समूह सीको अर्को खेलमा साउदी अरेबिया विरुद्व मेक्सीकोले पनि अग्रता बनाएको छ। मेक्सीकोका लागि हेनरी मार्टिनले गोल गर्दै टिमलाई अग्रता दिलाए। उसका लागि दोहोरो अग्रता बनाउने क्रममा टिमका लागि दोस्रो गोल लुइस चाभेजले सम्भव बनाए।
त्यसअघि पहिलो हाफ दुबै टिमले गोलरहित बराबरी खेलेका थिए। खेल पुर्ण रुपमा नियन्त्रणमा राखेको अर्जेन्टिनाले खेलको ३९ औ मिनेटमा भिएआरको सहयोगमा पेनाल्टी पाएपनि कप्तान लियोनेल मेसीले सदुपयो गर्न असफल भए। उनको प्रहार पोल्यान्डका गोलरक्षक वजसिज सजेन्सीले बचाएका थिए।
खेलमा अर्जेन्टिनाले गोलका अन्य केहि राम्रा मौका पाएपनि सदुपयोग गर्न सकेन्। त्यस्तै समूह सी अन्तर्गतनै साउदी अरेबियार मेक्सीको बिचको खेलपनि पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो।

भर्खरै
लोकप्रिय






































































































































































































