समूह विजेता बन्दै अर्जेन्टिना अन्तिम १६ मा, क्वाटरफाइनल प्रवेशका लागि अस्ट्रेलिया प्रतिद्वन्दी

समूह विजेता बन्दै अर्जेन्टिना अन्तिम १६ मा, क्वाटरफाइनल प्रवेशका लागि अस्ट्रेलिया प्रतिद्वन्दी
+
-

फिफा विश्वकप  फुटबलमा अन्तर्गत समूहचरणको अन्तिम खेलमा अर्जेन्टिनाले पोल्यान्डलाई २-० ले पराजित गर्दै समुह ‘सी’ को विजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ। अर्जेन्टिनासँग पराजयका बाबजुत पोल्यान्डले पनि नकआउटमा स्थान बनायो।

बुधबार राति भएको खेलमा लियोनेल मेसीले पहिलो हाफमा पेनाल्टीमा गोल गर्न चुकेपनि अर्जेन्टिनाले त्यसको मुल्य भने चुकाउनु परेन्।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा  दोस्रो हाफ सुरुवातमानै अर्जेन्टिनाले अग्रता लिएको थियो। ४६ औ मिनेटमा अर्जेन्टिनालाई  एलेक्सीस एलिस्टरले गोल  गर्दै सुरुवाती अग्रता दिलाएका थिए। आफ्नो पहिलो अन्तराष्ट्रिय गोल गर्ने क्रममा उनले नहुल मोलिनाको क्रसलाई सानदार फिनिस गरेका थिए।

अर्जेन्टिनाको अग्रता दोब्बर बनाउने क्रममा जुलियन अल्भारेजले दोस्रो गोल गरेका थिए।  उनले ६७ औ मिनेटमा फर्नान्डेजको पासलाई सदुपयोग गर्दै टिमको जित निश्चत गरे। जितसँगै समूह ‘सी’ को विजेता बनेको अर्जेन्टिनाले अब क्वाटरफाइनल प्रवेशका लागि समूह ‘डि’ को उपविजेता बनेको एसियन टोली अस्ट्रेलिया विरुद्ध प्रतिस्पर्धा गर्ने छ। अर्जेन्टिनाले ३ खेलबाट ६ अङ्क बनाएर शीर्ष स्थानमा रह्यो। 

बुधबार ९७४ स्टेडियममा भएको खेलमा पहिलो हाफ दुबै टिमले गोलरहित बराबरी खेलेका थिए। खेल पुर्ण रुपमा नियन्त्रणमा राखेको अर्जेन्टिनाले खेलको ३९ औ मिनेटमा भिएआरको सहयोगमा पेनाल्टी पाएपनि कप्तान लियोनेल मेसीले सदुपयो गर्न असफल भए। उनको प्रहार पोल्यान्डका गोलरक्षक वजसिज सजेन्सीले बचाएका थिए।

खेलमा अर्जेन्टिनाले गोलका अन्य केहि राम्रा मौका पाएपनि सदुपयोग गर्न सकेन्। त्यस्तै समूह सी अन्तर्गतनै साउदी अरेबियार मेक्सीको बिचको खेलपनि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?