सुकुम्बासी प्रकरण : नगप्रहरीमाथि ढुंगामुढा गर्ने विरुद्ध किटानी जाहेरी

सुकुम्बासी प्रकरण : नगप्रहरीमाथि ढुंगामुढा गर्ने विरुद्ध किटानी जाहेरी
+
-

काठमाडौँ- काठमाडौं महानगरका प्रहरीमाथि ढुंगामुढा गर्ने विरुद्ध अनुसन्धान गर्न किटानी जाहेरी दिने भएको छ।

काठमाडौं महानगरले किटानी जाहेरीसहित कारबाहीको अनुरोध गरेको महानगर प्रहरी उपरीक्षक (एसपी) दिनेशकुमार अर्यालले बताएका छन्।

उनका अनुसार बुधबार महानगरका प्रहरीमाथि ढुंगामुढा गर्नेहरुको र घाइते भएका नगरप्रहरीहरुको नाम र उनीहरुको अवस्थाबारे खुलाएर किटानी जाहेरी दिने तयारी भएको हो।

आइतबार काठमाडौं महानगरले थापाथलीको सुकुम्बासी बस्तीमा डोजरसहित नगर प्रहरी लैजाँदा तनावग्रस्त बनेको थियो। जसमा नगर प्रहरी प्रमुखसहित ढुंगा प्रहारबाट १८ जना घाइते भएका थिए।

काठमाडौं महानगरले यसअघि ४ जनालाई कारबाही गर्न भनेको थियो। यससँगै अन्यसमेत थपिएकोले आज किटानी जाहेरी दिने अर्यालले बताएका छन्।

महानगरले मुलुकी अपराध संहिता २०७४ को दफा ८५, १९६ र २१२ बमोजिम अनुसन्धान गरी कारबाही गर्न अनुरोध गरेको छ।

दफा ८५ मा राष्ट्रसेवकलाई जोर जुलुम र बाधा अवरोध गरेको भन्दै एक वर्षसम्म कैद वा दश हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ। दफा १९६ मा कसैले कसैउपर आपराधिक बल प्रयोग गर्नु नहुने व्यवस्था रहेको छ। आपराधिक बल प्रयोग गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद वा ३० हजार जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ।

त्यस्तै दफा ११२ मा शरीर बन्धन लिन नहुने व्यवस्था रहेको छ। नगर प्रहरीलाई सुकुम्बासीले नियन्त्रणमा राखेर शरीर बन्धन बनाएको महानगरले उल्लेख गरेको छ।

यता जिल्ला प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले भने हालसम्म जाहेरी परिनसकेकोले त्यपछि अनुसन्धान सुरु हुने बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?