पोर्चुगललाई हराउँदै कोरिया नकआउटमा, घानालाई हराएपनि बाहिरियो उरुग्वे

पोर्चुगललाई हराउँदै कोरिया नकआउटमा, घानालाई हराएपनि बाहिरियो उरुग्वे
+
-

विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत समूह एचको अन्तिम खेलमा दक्षिण कोरियाले पोर्चुगलमाथि २-१ को नाटकिय जित निकाल्दै नकआउटमा स्थान बनाएको छ।

समूहचरणको रोमाञ्चक खेलमा उरुग्वे भने घानालाई २-० ले हराएपनि प्रतियोगिताबाट बाहिरियो। खेलमा अन्तिम समय सम्म उरुग्वे नकआउटचरणका लागि छनोट नजिक थियो। तर इन्जुरी समयमा कोरियाले पोर्चुगल विरुद्ध गोल गरेपछि उरुग्वे गोल स्कोरका आधारमा  प्रतियोगिताबाट बाहिरियो।

दुबै टिमको समान ४ अङ्क भएको थियो भने गोल अन्तरपनि समान थियो। यस्तोमा खेलको निर्णय बढी गोल स्कोरका आधारमा भएको थियो। जहाँ दक्षिण कोरियाले उरुग्वेलाई पछि पार्‍यो।

समूहमा अन्तिम खेल अगावै पोर्चुगल भने नकआउट चरणमा पुगेको थियो।शुक्रबार कोरियासँग २-१ को हारका बाबजुत पोर्चुगल समूह विजेताका रुपमा नकआउट चरणमा स्थान बनाउन सफल रह्यो।

कोरिया र पोर्चुगलबिच भएको रोमाञ्चक खेलमा पोर्चुगलले सुरुवाती अग्रता लिएको थियो। पोर्चुगलका लागि रिकार्डो होर्टाले खेलको पाँचौ मिनेटमानै गोल गर्दै टिमलाई अग्रता दिलाए। तर खेलमा फर्कने क्रममा कोरियाका लागि किम योङ गउनले २७ औ मिनेटमा गोल फर्काउँदै टिमलाई खेलमा फर्काए।

त्यसपछि खेलमा निर्धारित समय बराबरी भएपनि इन्जुरी समयमा कोरियाले नाटकिय अग्रता बनायो। सन ह्युङ मिनले काउन्टरयाट्याकमा लगेको बललाई ह्वाङ  हि चानले आकर्षक फिनिस गरेपछि कोरियाले नकआउटमा स्थान बनायो।

उरुग्वेको भावनात्मक विदाई

त्यस्तै समूह एचको अन्तिम खेलमा घानालाई २-० ले हराएपनि  उरुग्वे प्रतियोगिताबाट बाहिरियो। नकआउटमा प्रवेश गर्नका लागि जित्नै पर्ने दबाबमा रहेको उरुग्वे गोल स्कोरमा पछि पर्दै अन्तिम १६ मा पुग्न असफल रह्यो।  उरुग्वेलाई नकआउट पुग्न १ गोल कम भएको थियो।

उसका लागि डे एरास्काटेले दुबै गोल गरेका थिए। उनले २६ औ मिनेटमा पहिलो गोल गर्दा ३२ औ मिनेटमा दोस्रो गोल गरेका थिए। तर दोस्रो हाफमा पनि गोलका राम्रा मौका सिर्जना गरेपनि उरुग्वे थप गोल गर्न असफल हुँदा विश्वकपको समूहचरणबाटै बाहिरियो।

समूह एचमा पोर्चुगल ६ अङ्कका साथ शीर्ष स्थानमा रहँदा दोस्रो स्थानमा ४ अङ्कका साथ उपविजेता बनेर नकआउटमा प्रवेश गर्‍यो। त्यस्तै ४ अङ्क बनाएको उरुग्वे तेस्रो र ३ अ‍ङ्कका साथ घाना चौंथो स्थानमा रह्यो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?