सर्बियालाई हराउँदै स्विट्जरल्यान्ड नकआउटमा, क्यामरुनसँग ब्राजिल पराजित

सर्बियालाई हराउँदै स्विट्जरल्यान्ड नकआउटमा, क्यामरुनसँग ब्राजिल पराजित
+
-

विश्वकप फुटबल अन्तर्गत समूहचरणको अन्तिम खेलमा समूह ‘जि’ बाट स्विट्जरल्यान्डले नकआउट चरणमा स्थान बनाएको छ। उक्त समूहबाट यसअघिनै ब्राजिल नकआउट चरणमा पुगेको थियो।

शुक्रबार मध्यरातमा भएको खेलमा स्विट्जरल्यान्डले सर्बियालाई ३-२ गोलको जित निकाल्दै नकआउटमा स्थान पक्का गर्‍यो। स्विट्जरल्यान्डलाई बराबरी गरे पर्याप्त हुने खेलमा उसले जार्दन साकीरीको गोलमार्फत अग्रता बनायो।

तर पहिलो हाफमानै सर्बिया खेलमा फर्कियो। उसका लागि अलेक्सेन्डर मित्रभिकले २६ औ मिनेटमा बराबरी गोल फर्काउँदा डुसान भ्लाहोभिकले ३५ औ मिनेटमा टिमलाई अग्रता दिलाए।

तर ब्रिल एम्बोलोले पहिलो हाफमानै गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए। स्विटजरल्यान्डका लागि निर्णायक गोल भने रेमो फ्रेउलरले गरेका थिए। दोस्रो हाफको सुरुवातमानै फ्रेउलरले गरेको गोलसँगै स्विट्जरल्यान्ड समूह उपविजेताका रुपमा नकआउट चरण प्रवेश गर्न सफल भयो। अब उसले क्वाटरफाइनल प्रवेशका लागि पोर्चुगलको सामना गर्ने छ।

शुक्रबारनै भएको समूहको अर्को खेलमा ब्राजिल भने क्यामरुनसँग १-० ले पराजित भयो। लुसाइल स्टेडियममा भएको खेलमा क्यामरुनका लागि भिनसेन्ट अबौबकारले इन्जुरी समयमा  गरेको एकमात्र गोल निर्णायक हुँदा क्यामरुन विजयी भयो। खेलमा क्यामरुनका केहि राम्रा प्रहारलाई गोलरक्षक एडरसनले बचाएका थिए।

यद्यपि उसले जितका बावजुत नकआउटमा स्थान बनाउन भने सकेन। उसको अलिअलि आस पनि स्विटजरल्यान्डको जितसँगै अन्त भएको थियो। अबौबकार गो गरेको केहि छिनमानै दोहोरो पँहेलो कार्डका कारण मैदान छाड्न बाध्य भएका थिए।

लगातार दुई खेलमा जित निकालेर नकआउट पुगिसकेको ब्राजिलका प्रशिक्षक टिटेले क्यामरुन विरुद्ध १० खेलाडी परिवर्तन गरेका थिए। पराजयका बावजुत ब्राजिल अङ्क तालिकाको शीर्ष स्थानमा कायम रह्यो। अब उसले नकआउट चरणमा दक्षिण कोरियासँग प्रतिस्पर्धा गर्ने छ।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?