पेनाल्टी सुटआउटमा जापानलाई हराउँदै क्रोएसिया क्वाटरफाइनलमा

पेनाल्टी सुटआउटमा जापानलाई हराउँदै क्रोएसिया क्वाटरफाइनलमा
+
-

कतार विश्वकपमा जापान क्रोएसियासँग पेनाल्टी सुटआउटमा पराजित हुँदै विश्वकपको नकआउट चरणबाट बाहिरिएको छ। पेनाल्टी सुटआउटमा जापानका तीन खेलाडीको प्रहारलाई क्रोएसियन गोलरक्षक लिभाकोभिचले बचाएपछि जापान स्तब्ध बनेको हो। जापानलाई हराएसँगै क्रोएसिया भने क्वाटरफाइनल प्रवेश गरेको छ।

क्रोएसियाले पेनाल्टी सुटआउटमा ३-१ को जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गर्‍यो। अब सेमिफाइनल प्रवेश भिडन्तमा क्रोएसियाले ब्राजिल र दक्षिण कोरियाबिचको विजेतासँग क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्ने छ।

जारी विश्वकपमा नकआउट चरणमा पहिलो पटक खेलको निर्णय पेनाल्टी सुटआउटबाट तय भएको छ। प्रतियोगितामा अन्तिम १६ अन्तर्गत जापान र क्रोएसियाबिचको खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो।

खेलको निर्धारित तथा अतिरिक्त समयमा दुबै टिमले १-१ गोलको बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। तर खेलमा एसियन टोलि जापानले साविक उपविजेता क्रोएसिया विरुद्ध पहिलो हाफमानै अग्रता बनाएको थियो। जापानका लागि डाइजेन माइडाले ४३ औ मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए। उनले रित्सु डोएनको क्रसलाई ६ यार्ड बक्स भित्र फाइनल टच दिएका थिए।

तर खेलको दोस्रो हाफमा गत संस्करणको फाइनलिस्ट क्रोएसिया खेलमा फर्कियो। उसका लागि इभान पारासिसले ५५ औ मिनेटमा गोल गरेका थिए। उनले लोभरेनको लामो पासलाई सानदार हेड गर्दै गोल गरेका थिए।

क्रोएसियाले खेलेका पछिल्ला ७ नकआउट खेल मध्ये ६ खेल अतिरिक्त समयमा धकेलिएका छन्। गत संस्करणको फाइनलमा मात्र क्रोएसिया फ्रान्ससँग निर्धारित समयमा पराजित भएको थियो।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’