कोरियालाई हराउँदै ब्राजिल क्वाटरफाइनलमा

कोरियालाई हराउँदै ब्राजिल क्वाटरफाइनलमा
+
-

दक्षिण कोरियामाथि ४-१ को जित निकाल्दै ब्राजिल जारी कतार विश्वकपको क्वाटरफाइनल प्रवेश गरेको छ। पाँचपल्टको विश्व च्याम्पिन ब्राजलले एसियालि प्रतिद्वन्दी दक्षिण कोरियमामाथि पहिलो हाफमा गरेको ४ गोलनै फराकिलो जितका लागि पर्‍याप्त बन्यो। अब ब्राजिलले सेमिफाइनल प्रवेशका लागि क्रोएसियासँग प्रितस्पर्धा गर्ने छ।

स्टेडियम ९७४ मा भएको खेलमा पहिलो हाफमा ब्राजिलले दक्षिण कोरियाली रक्षापंक्ति तहसनहस पार्दै लगातार गोल गर्‍यो। खेलको सातौं मिनेटमै नेयमारको पासमा रियल मड्रिडका युवा स्ट्राइकर भिनिसियस जुनियरले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए।

त्यसको केहि समयपछि नै ब्राजिलले पेनाल्टी पायो। नेयमारले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाए। उनको यो राष्ट्रिय टिमका लागि ७६ औं गोल हो। उनी ब्राजिलका सर्वाधिक गोलकर्ता महान खेलाडी पेलेको कीर्तिमानबाट १ गोलले पछि छन्।

२९औं मिनेटमा थियोगो सिल्भाको पासमा स्ट्राइकर रिचार्लिसनले गोल गरेका थिए।ब्राजिली प्रशिक्षक टिटेले पहिलो हाफमा अख्तियार गरेको रणनिति पुर्ण रुपमा सफल भएको थियो।

३६औं मिनेटमा भिनिसियस जुनियरको उत्कृष्ट पासमा लुकास पाक्वेटाले पेनाल्टी एरियाबाट गोल गरेपछि ब्राजिलले पहिलो हाफमै ४-० को फराकिलो अग्रता बनायो।

दोस्रो हाफमा कोरिया समालिएपनि पहिलो हाफको फराकिलो गोल अन्तर उसलाई घर फर्कन पर्‍याप्त बन्यो। दोस्रो हाफमा भने उसले ब्राजिललाई थप गोल गर्न दिएन भने एक गोल पनि फर्कायो। कोरियाले ७६औं मिनेटमा सान्त्वना गोल फर्कायो। कोरियाका सब्स्टिच्युड खेलाडी पायक सुंग होले बक्स बाहिरबाट शानदार गोल गरेका थिए।

ब्राजिलले क्वाटरफाइनलमा आगामी आइतबार क्रोएसियासँग प्रतिस्पर्धा गर्ने छ। जापानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया क्वाटरफाइनलमा प्रवेश गरेको थियो।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’