विश्वकप फुटबल: स्विट्जरल्यान्डमाथि पोर्चुगलको गोल वर्षा

विश्वकप फुटबल: स्विट्जरल्यान्डमाथि पोर्चुगलको गोल वर्षा
+
-

विश्वकप फुटबलमा पोर्चुगलले स्विट्जरल्यान्डमाथि रवाफिलो जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाएको छ। पोर्चुगलले एकतर्फी जित निकाल्ने क्रममा स्विट्जरल्यान्डको पोस्टमा आधा दर्जन गोल गरेको थियो।

स्विट्जरल्यान्डले भने शान्तवना गोल फर्काएको थियो। ६-१ को जित निकाल्ने क्रममा पोर्चुगलका लागि गनक्यालो रामोसले ह्याट्रिक पूरा गरे। रामोसको यो जारी विश्वकपमा पहिलो ह्याट्रिक समेत हो।

लुसिल स्टेडियममा मंगलबार राति पोर्चुगलले निरन्तर गोल वर्षामा गनक्यालो रामोसले ३ गोल गर्दा पेपे, राफायल गुइरेरो र राफायल लियोले समान एक-एक गोल गरे।

स्विट्जरल्यान्डका मानुएल एकान्जीले एक गोल फर्काए। खेलको १७ औं मिनेटमा रामोसले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए। जोआ फेलिक्सको पासमा उनले उत्कृष्ट गोल गरे।

खेलको ३३ औं मिनेटमा पेपेले गोल गर्दै पोर्चुगललाई २-० को अग्रता दिलाए। ब्रुनो फर्नान्डेसमा पासमा उनले हेडरमार्फत उत्कृष्ट गोल गरे।

५१ औं मिनेटमा रामोसले व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगल ३-० ले अघि रह्यो। उनले डिएगो डालोटको पासलाई सदुपयोग गरे। खेलको ५५ औं मिनेटमा राफायलले गोल गर्दै पोर्चुगललाई ४-० को अग्रता दिलाए। राफायलले रामोसको पासमा गोल गरेका हुन्।

५८ औं मिनेटमा एकान्जीले गोल गर्दै स्विट्जरल्यान्डलाई ४-१ को स्थितिमा ल्याए। खेलको ६७ औं मिनेटमा रामोसले व्यक्तिगत तेस्रो तथा ह्याट्रिक पूरा गर्दै पोर्चुगललाई ५-१ को अग्रता दिलाए।

जोआ फेलिक्सको पासमा गोल गर्दै रामोसले ह्याट्रिक पूरा गरेका हुन्। उनी कतार विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् । पोर्चुगलका लागि उनको यो पहिलो ह्याट्रिक समेत हो।

त्यसपछि खेलको इन्जुरी समयमा सब्सिच्युडको रुपमा मैदान छिरेका लियोले गोल गर्दै पोर्चुगललाई ६-१ को सानदार जित दिलाए। उनी ८७ औं मिनेटमा ब्रुनो फर्नान्डेजको स्थानमा मैदान छिरेका थिए। अब पोर्चुगलले क्वाटरफाइनलमा मोरक्कोसँग खेल्नेछ।

पोर्चुगलले मंगलबार राति भएको खेलमा आफ्ना स्टार खेलाडी क्रिश्टियानो रोनाल्डोलाई भने अधिकांस समय बेन्चमा राखेको थियो। उनलाई ७४ औ मिनेटमा मैदान प्रवेश गराएपिन उनले भने गोल गर्न सकेनन।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’