विश्वकप फुटबलः अन्तिम चार पुग्ने चार प्रेडिक्सन

विश्वकप फुटबलः अन्तिम चार पुग्ने चार प्रेडिक्सन
+
-

काठमाडौँ – विश्वकप फुटबलमा शुक्रबार रातिबाट क्वाटरफाइनलका खेलहरु हुँदैछन्। शुक्रबार र शनिबार राति सेमिफाइनल पुग्ने चार टिमको तय हुँदै छ। यो बीचमा क्वाटरफाइनल पुगेका टिमहरु आफ्नो राम्रो लयका साथमा क्वाटरफाइनल प्रवेश गरे। समूह चरणको फरक अनुभव र नकआउट चरणमा पुरानैको दबदबाबीचमा अब अन्तिम चारमा कुन–कुन टिम पुग्लान्?

लामो समय नेपाली फुटबलमा आफ्नो समय व्यतित गरेका र नजिकबाट विश्वकप फुटबल नियालिरहेका चार पूर्व फुटबलरसँग हामीले विश्वकपको अन्तिम चारमा पुग्ने चार टिमका बारेमा उनीहरुको अनुमान सोध्यौं। जहाँ उनीहरुको रोजाई यस्तो रह्योः

कडा चुनौतीबीच तय हुनेछ सेमिफाइनल समीकरणः विराज महर्जन


नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान विराज महर्जन क्वाटरफाइनल समीकरणमा निकै कडा प्रतिस्पर्धा हुने आँकलन गर्छन्। महर्जन भन्छन्, ‘अन्तिम आठमा पुगेका सबै टिम एकले अर्कालाई हराउन सक्षम छन्।’

उनका अनुसार ब्राजिल र क्रोएसियाबीचको खेलमा ब्राजिलले अन्तिम चारमा स्थान बनाउने छ। त्यस्तै, अर्को टिम भने अर्जेन्टिना हुनेछ। तर डच टिमले अर्जेन्टिनालाई कडा चुनौती दिने महर्जनको विष्लेषण रहेको छ। उनी भन्छन्, ‘अर्जेन्टिना मेसीको लागि पनि विश्वकप जित्न चाहन्छ। टिम युनिटीमा जित्न सक्छ।’

त्यस्तै, उनी मोरक्कोको फाइटिङ स्प्रिट एकदमै राम्रो भएकाले पोर्चुगललाई हराएर अन्तिम चारमा पुग्न सक्ने अनुमान गर्छन्। ‘यो टिम नयाँ छ। एकदम रोमाञ्चक हुनेछ। पोर्चुगलसँगको खेल त्यसैले यो खेल ड्र हुँदै ट्राइबेकरसम्म पुग्ला, पेनाल्टीमा मोरक्कोले बाजी मार्न सक्छ।’

ब्राजिललाई रोक्न मुस्किल छः राजुकाजी शाक्य


नेपाली राष्ट्रिय टिमका लेजेन्ड स्टार राजुकाजी शाक्य यो पटक आफ्ना अनुमानहरु मिलिरहेको मान्दैनन्। स्वभाविक रुपमा खेलहरु टफ भइरहेका छन्। अनुमान पनि मिलिरहेको छैन्। यद्यपि, अब क्वाटरफाइनल समीकरण पूरा भएसँगै स्वभाविक रुपमा दाबेदार टिमले सेमिफाइनलमा स्थान बनाउने छन्।’

पहिलो दिन ब्राजिल र अर्जेन्टिना अन्तिम चारमा पुग्दा दोस्रो दिन इंग्ल्यान्ड र पोर्चुगल अन्तिम चारमा पुगोस् भन्ने चाहना शाक्यको छ। उनी भन्छन्, ‘इंग्ल्यान्डका खेलाडीहरु राम्रो लयमा रहेका छन्। तर फ्रान्सका खेलाडीको बेग रोक्नलाई सहज भने हुने छैन। तर पनि एम्बाप्पेलाई रोक्दै टिम गेमले इंग्ल्यान्डले अन्तिम चारमा स्थान बनाउला।’

ब्राजिल र फ्रान्स फाइनल खेल्छन्ः उपेन्द्रमान सिंह


पूर्व कप्तान उपेन्द्रमान सिंह पनि विश्वकपमा यो पटक ब्राजिलको फर्म निकै उत्कृष्ट रहेको मान्छन्। उनी भन्छन्, ‘जारी विश्वकपमा ब्राजिलले निकै उत्कृष्ट प्रदर्शन गरेको छ। त्यसैले क्रोएसियालाई हराएर ब्राजिल अन्तिम चारमा पुग्छ।’

दोस्रो खेलमा भने उनी अनुमान गर्न मुस्किल मान्छन्। सिंह भन्छन्,’यो खेलमा कसले जित्ला भन्न सहज छैन। विगतको इतिहासलाई हेर्दा अर्जेन्टिना अन्तिम चारमा पुग्ला भन्ने लाग्छ तर डच टिमको वर्तमान पुस्ता पनि निकै राम्रो छ।’

उनले खेल टाइब्रेकरमा पुग्न सक्ने आँकलन गरे। तर बाजी भने अर्जेन्टिनाले मार्ने सिंह बताउँछन्।

पोर्चुगलको दबदबा देख्छुः मृगेन्द्र मिश्र


पूर्व राष्ट्रिय टिमका गोलरक्षक मृगेन्द्र मिश्र भने यो पटक पोर्चुगलले विश्वकप जित्न सक्ने मान्छन्।

उनी भन्छन्, ‘यो पटक पोर्चुगल निकै बलियो देखिएको छ। नकआउट चरणमा गोल वर्षा गर्न सहज हुँदैन तर पोर्चुगलले आफ्नो दबदबा कायम राख्यो।’

उनका अनुसार ब्राजिल, अर्जेन्टिना, पोर्चुगल र फ्रान्सले अन्तिम चारमा स्थान बनाउने छन्। फाइनलमा भने ब्राजिल र पोर्चुगल भिड्ने छन्। जहाँ, पोर्चुगलले पहिलो पटक विश्वकप उपाधि जित्ने उनको आँकलन छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?