
पोर्चुगलका स्टार स्ट्राइकर क्रिश्टियानो रोनाल्डो सर्वाधिक क्याप जित्ने खेलाडीको विश्व कीर्तिमान बराबरी गर्न सफल भएका छन्। उनले कुवेती खेलाडी बद्रा अल मुतवाले १ सय ९६ क्याप जित्दै बनाएको विश्व कीर्तिमान बराबरी गर्न सफल रहे।
उनी दोस्रो हाफमा मैदान प्रवेश गरेसँगै बद्राको कीर्तिमान बराबरी गर्न सफल भए। पाँच पटकका बालोन डि’ओर विजेता रोनाल्डो पछिल्ला दुई खेलमा जबर्जस्त रुपमा सुरुवाती लाइनअपमा पर्न असफल भएका थिए।
तर उनी दोस्रो हाफमा भने अघिल्लो खेलमा पनि मैदानमा रहेका थिए। पहिलो हाफमा १-० ले पछि परेपछि प्रशिक्षक फर्नान्डोले रोनाल्डोलाईदोस्रो हाफमा मैदानमा पठाएका थिए।