पोर्चुगललाई हराएसँगै मोरक्को सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टिम

पोर्चुगललाई हराएसँगै मोरक्को सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टिम
+
-

विश्वकप फुटबलमा सनसनीपूर्ण नतिजा आउने क्रम जारी छ। आफ्नो ऐतिहासिक प्रदर्शन गर्ने क्रममा मोरक्कोले पहिलो पटक सेमिफाइनलमा स्थान बनाएको छ। मोरक्को सेमिफाइनल प्रवेश गर्ने पहिलो अफ्रिकन टिमसमेत बनेको छ।

पहिलो हाफमा गरेको एकमात्र गोल निर्णायक हुँदा मोरक्को सेमिफाइनल पुग्न सफल रह्यो। यसअघि मोरक्को पहिलो पटक क्वाटरफाइनल प्रवेश गरेर नयाँ कीर्तिमान बनाएको थियो।

विश्वकप फुटबलको क्वाटरफाइनल खेलमा पोर्चुगल विरुद्ध मोरक्कोले पहिलो हाफको ४२ औ मिनेटमै अग्रता बनाएको थियो। उसका लागि एन नेसीरिले एट्याट अल्लाको क्रसलाई सानदार हेड गर्दै गोल गरेका थियो। 

पहिलो हाफमै अग्रता बनाउने क्रममा अन्तिम समयमा मोरक्कोले सानदार गोल गर्न सक्यो। खेलमा बलमा पकड भने पोर्चुगलले राखेको थियो।

 खेलमा १२ सट प्रहार गरेको पोर्चुगलले ३ सट टार्गेटमा राखेको थियो। मोरक्कोले पनि ९ सट प्रहार गर्दा ३ सट टार्गेटमा राख्यो। तर मोरक्कोले राम्रा वान भर्सेस वानका मौका चुकाएको थियो।

पोर्चुगलले गरेको पहिलो हाफको प्रहार क्रसबारमा लाग्दा पोर्चुगलले बराबरीको राम्रो मौका चुकेको थियो। दोस्रो हाफमा पनि पोर्चुगलले केही राम्रा मौका सदुपयोग गर्न सकेको थिएन।

जारी खेलमा पोर्चुगलका स्टार स्ट्राइकर क्रिश्टियानो रोनाल्डो मोरक्को विरुद्धको खेलमा पनि पहिलो हाफमा बेञ्चमा रहेका थिए। अब मोरक्कोले फाइनल प्रवेशका लागि फ्रान्स र इंग्ल्यान्डबिचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?