
३७ वर्षीय पोर्चुगिज स्टार क्रिश्टियानो रोनलाल्डोले आफ्नो टिम पोर्चुगल विश्वकपबाट बाहिरिएको करिब २४ घन्टापछि मौनता तोडेका छन्। उनले मौनता तोड्दै बोलेका शब्दमा सिधै सन्न्यास घोषणा उल्लेख नगरेपनि पोर्चुगललाई धन्यवाद दिँदै आफ्नो विश्वकप जित्ने सपनाको औपचारिक अन्त भएको स्विकारेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा उनले कतारमा पोर्चुगललाई विश्व च्याम्पियन बनाउने सबैभन्दा ठूलो सपनाको औपचारिक अन्त्य भएको बताएका छन्। उनले भनेका छन् ‘अहिलेको लागि धेरै शब्दहरू भन्नु छैन। पोर्चुगल टिमलाई धन्यवाद अनि धन्यवाद कतार।’
रोनाल्डोले पोर्चुगलका लागि विश्वकप जित्नु आफ्नो करियरको सबैभन्दा ठूलो र महत्वाकांक्षी सपना रहेको समेत बताए। उनले भने ‘भाग्यवस मैले पोर्चुगलका लागि अन्तराष्ट्रिय रुपमा धेरै र फरक उपाधिहरू जितें।
साथै पोर्चुगललाई उपाधिको शिखरमा राख्ने सपना बोकेर हिँडेको थिएँ।’ कतारमा जारी फिफा विश्वकप अन्तर्गत मोरक्कोसँग पराजित भएपछि क्वार्टरफाइनलबाटै पोर्चुगल बाहिरिन पुगेको थियो।
उनले विश्वकपको उपाधिका लागि लामो लडाइँ लडेको बताए। उनले भने ‘मैले यो सपनाका लागि लामो र कडा संघर्ष गरें। साथै टिमका सबै सदस्य तथा समर्थकको साथमा १६ वर्षमा पाँच वटा विश्वकपमा गोल गरे। मैले आफ्नोतर्फबाट सबथोक दिंए। अब यो सबै मैदानमा छोड्नुस्।’ उनले यो यात्रामा भएका सबै सहयोगहरू प्रति नतमस्तक रहेको बताए।