बलिया टिमलाई हराएको क्रोएसियाले रोक्ला अर्जेन्टिनाको लक्ष्य?

बलिया टिमलाई हराएको क्रोएसियाले रोक्ला अर्जेन्टिनाको लक्ष्य?
+
-

काठमाडाैँ – विश्वकप फुटबलको बहुप्रतिक्षित सेमिफाइनलको पहिलो खेलमा मंगलबार दुई पटकको च्याम्पियन अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियाको सामना गर्दैछ।

२०१४ मा फाइनल पुगेको अर्जेन्टिना ८ वर्षपछि सोहि लक्ष्यमा रहेको छ। अघिल्लो विश्वकपमा फाइनल पुगेकाले लगातार विश्वकपमा फाइनल पुग्दै नयाँ कीर्तिमान बनाउने प्रयासमा क्रोएसिया रहने छ।

८ वर्षअघिका युवा फर्वाड लियोनेल मेसीका लागि अहिलेको विश्वकप अन्तिम भएकाले पनि अर्जेन्टिनाले यो विश्वकपलाई ठूलो अर्थमा लिएको छ र अन्तिम विश्वकपमा मेसी उपाधिसहित विश्वकप यात्रा अन्त गर्ने प्रयासमा मैदानमा उत्रिने छन्।

क्रोएसियासँग १२:४५ मा प्रतिस्पर्धा गर्दै गर्दा दुबै टिम फरक इतिहास बनाउने प्रयासमा हुने छन्। दोहाको लुसेल रंगशालामा हुने स्पर्धामा ठुलो संख्यामा समर्थक मैदानमा हुने छन्।

अर्जेन्टिना क्रोएसियालाई हराएर छैटौं पटक विश्वकपको फाइनल पुग्न चाहन्छ। सेमिफाइनल सम्मको यात्रा तय गर्दा अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सको चुनौती पन्छाएको थियो। क्रोएसियाले भने ब्राजिललाई पेनाल्टी सुटआउटमा पाखा लगाएर अन्तिम चारमा पुगेको थियो।

अर्जेन्टिना र क्रोएसियाबीच हालसम्म पाँच खेलमा प्रतिस्पर्धा भएको छ। जसमा अर्जेन्टिना र क्रोएसिया समान दुई खेलमा जित निकाल्दा एक खेल बराबरीमा टुंगिएको छ।

अर्जेन्टिना र क्रोएसियाबीच पछिल्लो पटक २०१८ को विश्वकपमा प्रतिस्पर्धा भएको थियो। समूह चरणको भेटमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० ले हराउन सफल भएको थियो।

त्यसैले ४ वर्षपछि विश्वकपमानै प्रतिस्पर्धा गर्दा क्रोएसिया पुरानो रवाफ कायम राख्ने प्रयासमा मैदानमा हुने छ। अर्जेन्टिना भने क्रोएसियासँग सचेत भएर मैदानमा उत्रिने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?