मापसे गरी श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु

मापसे गरी श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु
+
-

पोखरा – तनहुँमा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका- ४ दुलेगौँडास्थित प्रगती टोलमा बस्दै आएका ४० वर्षीय मनबहादुर नेपाली रहेका छन् ।

उनलाई श्रीमती ३६ वर्षीय शुशिला विकले ढुंगाले प्रहार गरेको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रवक्ता डिएसपी युवराज खड्काले बताए । उनीहरू पोखरा महानगरपालिका- ३० शिसुवा घर भइ दुलेगौँडा डेरामा बस्दै आइरहेका छन् ।

‘मादक पदार्थ सेवन गरेकी श्रीमतीले घरायसी विवादमा ढुंगा प्रहार गर्दा टाउको चोट लागेको थियो । उपचारको क्रममा जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा मृत्यु भएको छ’, उनले भने ।

गएराती साढे ९ बजे घटना घटेको थियो । ११ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । श्रीमानको हत्या गर्ने सुशिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?