
सिमकोट – स्वास्थ्य सेवा कार्यालयको हातामा ५० शय्याको नयाँ अस्पताल भवन निर्माण कार्य तीव्र रूपमा भइरहेको छ। निर्माण कम्पनीले भवन सम्पन्न गर्न गरिएको सम्झौता अगाडि नै काम सम्पन्न गरेर नियमानुुसार बोनस खाने उद्देश्यले निर्माण कम्पनीले निर्माण कार्य तीव्र पारेको हो।
प्रेरणा क्यारावान बुद्ध हिमाली जेभीका प्रतिनिधि छिरिङ लामाले असोजबाट निर्माण सुुरु भएको ५० शय्याको अस्पताल भवनको २० प्रतिशत कार्य सम्पन्न भएको बताए।
वैशाख अन्तिम साता भवन निर्माणका लागि सघन सहरी विकास कार्यालय जुम्लासँग निर्माण कम्पनीको सम्झौता भए पनि जेठबाट स्थानीयले ढुंगा निकाल्न बन्द गरेकाले चार महिनासम्म काम अगाडि बढाउन नपाए पनि असोजबाट सुुरु भएको थियो।
हाल भवन बनाउने कार्य तीव्र रूपमा भइरहेको र जति सक्दो चाँडो भवन निर्माण सम्पन्न गर्नेमा जेभी रहेको छ। उक्त भवन सम्झौता भएको मितिले तीन वर्षमा सम्पन्न गर्ने गरी सम्झौता कार्यालयसँग भएको थियो। तर, दुुई वर्षमा भवनको सबै निर्माण कार्य सम्पन्न गरेर अस्पताललाई हस्तान्तरण गर्ने उद्देश्यसाथ आफूहरू काम गरिरहेको उनले बताए।
हाल निर्माण सामग्री ढुंगा, बालुुवा, काठ, सिमेन्ट, छडलगायत सबै निर्माण स्थलमा पुुगेको र दक्ष तथा अदक्ष कामदारबाट काम भइरहेको छ। हिउँदमा हिमपातले अवरोध नगरे फागुुनसम्म ५० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य कम्पनीले लिएको छ। निर्माण कम्पनीले निर्धारित मितिभन्दा एक वर्षअगाडि काम सम्पन्न गरेर १० प्रतिशतका दरले हुन आउने बोनस रकम खाने तयारीमा रहेको जनाएको छ। बोल खाना निर्माण कम्पनी सफल भए दुुई करोड रुपैयाँ बोनस पाउनेछ। भवन निर्माणको स्थलगत अनुुगमनको जिम्मा पाएको सब इन्जिनियर विमल रावतले उक्त भवन कुुल २१ करोड लागतमा सम्झौता भएको बताए।
भवनका लागि दुुई वटा ब्लग रहेको र त्यसमा आठ कोठे आकस्मिक कक्ष र अर्को पाँच कोठे चिकित्सक तथा स्वास्थ्यकर्मीको क्वाटर गरी जम्मा १३ कोठे भवन निर्माण भइरहेको छ।