
काठमाडाैँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले मुलुककाे सर्वाधिक लाेकप्रिय पार्टी बनेकाे जिकिर गरेका छन्।
उनले मंगलबार प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित सांसदलाई बधाई र प्रशिक्षण दिन काठमाडाैँमा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै धाँधली र घेराबन्दीलाई पराजित गर्दै एमाले सर्वाधिक लोकप्रिय पार्टी बनेकाे बताएका हुन्।
ओलीले सिट संख्याकाे आधारमा एमाले पहिलो नभए पनि लोकप्रियताको आधारमा पहिलाे पार्टी भएकाले खुसीयाली र उत्सव मनाउनुपर्ने समेत बताए।
‘अपेक्षा गरेजसरी सिट नआए पनि हामी उल्लासमय वातावरणमा छौँ र उत्सव मनाइरहेका छौँ। किनकि हामी कस्तो अवस्थामा चुनाव लडेका थियौँ भन्ने कुरा सबैलाई थाहा भएकै छ’, उनले भने।