कांग्रेस सहमहामन्त्री जीवन परियारसँग अन्तर्वार्ता

‘रामचन्द्र पौडेलले देउवालाई साथ दिनु विडम्बना हो’

‘रामचन्द्र पौडेलले देउवालाई साथ दिनु विडम्बना हो’
+
-

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको नेता चयन चुनावी प्रक्रियाबाट हुँदै गर्दा पार्टीभित्र नौला राजनीतिक दृष्य देखा परेका छन्। दलको नेताका लागि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच चुनावी प्रतिस्पर्धा हुन लागेको छ।

मंगलबार संसदीय दलकाे नेताका लागि मनोनयन दर्ता भएको छ। बुधबार यसको मतदान भएर परिणाम पनि आउनेछ।

प्रत्यक्ष र समानुपातिक गरी पार्टीका कुल ८९ सांसदले दुईमध्ये एकलाई छानेर मतदान गर्नेछन्।

पार्टीको १४ औँ महाधिवेशन अघिसम्म संस्थापन इतर पक्षका नेता रहेका रामचन्द्र पौडेल हाल देउवासँग सहकार्य गर्दै प्रस्तावक बसेका हुन्।

संसदीय दलको नेतामा मौन रहँदै आएका नेता प्रदीप पौडेलले गगन थापालाई सहयोग गर्नुलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ। पौडेल थापाका समर्थक मध्येका एक हुन्। कांग्रेस सांसदको अंक गणितअनुसार गगनले जित्ने सम्भावना कम भए पनि यो समूहले जित्ने दाबी गरेको छ।

शेखर कोइरालाले संसदीय दलको नेतामा संस्थापन इतर समूहबाट दाबी गर्दै आएर अन्तिम समयमा नेता थापालाई नै समर्थन गरेको कारण पनि थापाले जित्ने उक्त समूहका नेताहरुको तर्क छ। थापाले जित्ने आधार, थापालाई प्राप्त हुने मतको अपेक्षा, प्रदीप पौडेलले थापालाई समर्थन गर्नुको कारण लगायत समसामयिक बिषयबस्तुमा केन्द्रित भएर पार्टी सहमहामन्त्री समेत रहेका संस्थापन इतर समूहका नेता जीवन परियारसँग देशसञ्चारको लागि ईश्वरी बरालले गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश।

गगन थापाले संसदीय दलको नेतामा जित्ने शेखर समूहको दाबी छ तर अंकगणितले त त्यस्तो देखाउँदैन नि?
गोप्य मतदान हो। संसदीय दलको नेताका प्रत्यासी उम्मेदवार गगन थापाले विजय हासिल गर्नुहुन्छ भन्नेमा विश्वस्त छौँ।

संस्थापन पक्षका धेरै सांसद भएका कारण शेरबहादुर देउवाको जित निश्चित छ, थापाले जित्ने आधार के देख्नुहुन्छ?
संसदीय दलको नेताको लागि गोप्य मतदान हुनेछ। पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेलले पनि समर्थन गर्नुभएको छ। नेता प्रदीप पौडेलले पनि अन्तिम समयमा आएर थापालाई समर्थन गरेका कारण मत बढ्ने माहोल बन्दै गएको छ।

राजनीतिक लेनदेनमा कुनै सहमति गरेर प्रदीप पौडेलले थापालाई समर्थन गरेका हुन्?
लेनदेन र सहमति भन्नु भन्दा पनि हामीले थापा संसदीय दलको नेतामा उठ्ने भएपछि धेरै गृहकार्य र छलफल गरेका थियौँ। सोही गृहकार्य अनुरुप पार्टीभित्रका नेताहरुसँग थापालाई सहयोग गरिदिन आग्रह गर्दै आएका थियौँ। केही नेताहरुले मान्दिनुभयो, केहीले मान्नुभएन। प्रदीप पौडेलसँग कुनै राजनीतिक सहमति र लेनदेन भएको छैन। डा. शेखर कोइरालाले थापालाई सहयोग गर्दा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक सन्देश गएको छ। यहि देखेर नेता थापालाई सहयोग गर्नेहरु बढ्नु भएको हो।

थापालाई सघाउन भनेर रामचन्द्र पौडेलसँग पनि आग्रह गर्नुभएको थियो?
हामीले रामचन्द्र पौडेललाई पनि आग्रह गरेका थियौँ, तर बिडम्बना भन्नुपर्छ उहाँले पार्टी सभापति देउवालाई सहयोग गर्नुभयो। पौडेलले देउवालाई समर्थन गर्नु उहाँको व्यक्तिगत कुरा हो।

संस्थापन इतर समूहले आफूहरुमा ध्यान केन्द्रित गर्न समूहभित्र विवाद देखाएर अन्त्यमा थापालाई साझा उम्मेदवार उठाएको भन्ने आरोप छ, ध्यान केन्द्रित गर्न खोज्नुको उद्देश्य के हो?
त्यस्तो होइन। स्वभाविक रुपमा हाम्रो समूहको नेता डा. कोइराला नै हुनुहुन्छ। दलको नेताको रुपमा थापालाई अघि सार्न खोज्दा केही विमति भएका हुन्, ध्यान केन्द्रित गर्न खोजेको होइन।

कति मत ल्याएर थापाले जित्ने इतर पक्षको अनुमान हो?
ठ्याक्कै संख्या र अंकमा भन्नुभन्दा पनि बहुमत ल्याएर थापाले चुनाव जित्नुहुन्छ। हाम्रो पार्टीका कुल ८९ सांसदमध्ये ४५ मत आयो भने बहुमत आउँछ, हामीले ४५ मत कटाउँछौँ भन्ने विश्वास छ।

संसदीय दलको नेताको लागि चुनाव हुनुलाई कसरी हेर्नुभएको छ?
सहमति नभइसकेपछि चुनावी प्रक्रियामा गएको हो। सस्थापन पक्षको तर्फबाट उम्मेदवारमा विवाद नभएपनि इतर समूहमा आकांक्षी धेरै हुनुहुन्थ्यो। नेतृत्वको लागि आकांक्षा राख्नु सकरात्मक बिषय हो। संसदीय दलको नेताको लागि चुनाव हुनु भनेको लोकतान्त्रिक पार्टीको सुन्दर पक्ष र अभ्यास हो। अन्य दलमा यस्तो अभ्यास भएको देखिँदैन। जित्ने र पराजित हुने दुवैले पार्टी र राष्ट्रिय राजनीतिको लागि उत्तिकै सक्रियतापुर्वक काम गर्नुहुनेछ। अन्य दलमा यस्तो अभ्यास भएको देखिँदैन।
मतदान गोप्य हुनेछ। बहुमत ल्याएर गगन थापा संसदीय दलको नेता बन्नुहुनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?