
काठमाडौँ- शाओमीका नेपालका देशीय महाप्रबन्धक अमितकुमार पण्डा डेढ वर्षको अवधिमा नम्बर १ स्मार्ट फोन ब्राण्ड बन्न पाउँदा निकै खुसी भएको महसुस गर्छन्।
शाओमी आधिकारिक रूपमा सेप्टेम्बर २०१८ मा नेपालमा लञ्च गरिएको थियो। ‘म हाम्रा सबै शाओमी फ्यानहरूप्रति धेरै कृतज्ञ र आभारी छु, जसले हामीलाई नेपालमा नम्बर १ ब्रान्ड बन्न मद्दत गर्नुभएको छ’, पण्डाले भने, ‘नेपालमा अघिबाटै चलेका अन्य थुप्रै स्मार्ट फोनका ब्राण्डबीच पनि शाओमीलाई रुचाउनु हाम्रो लागि गर्वको कुरा हो।’
पण्डा भन्छन्, ‘यो ‘उत्पादन नवीनता र प्रविधि’ को एक समग्र रुप हो जसले उपभोक्ताहरूलाई ब्रान्डहरूमा आकर्षित गर्यो।’ शाओमीले आफ्ना उत्पादनहरू मार्फत बजारमा उपलब्ध हालैका प्रविधिहरूसँग ग्राहकहरूलाई जोडेको छ। शाओमीका उत्पादनहरू उचित मूल्यमा उत्कृष्ट प्रविधिका लागि उल्लेखनीय रूपमा परिचित छन्।
विश्वव्यापी अर्थतन्त्रबाट स्मार्ट फोन उद्योग पनि अछुतो रहन सकेको छैन। यस्तो कठिन समयमा उत्पादनहरूको स्थिति धेरै महत्त्वपूर्ण हुन्छ र ग्राहकहरूको आवश्यकतालाई सम्बोधन गर्नुपर्ने चुनौती पार गर्न उत्तिकै महत्त्वपूर्ण छ भन्ने विश्वास उनी गर्छन्। शाओमी ब्रान्ड कठिन समयमा पनि आफ्ना फ्यानहरूलाई उचित मूल्यमा उत्पादनहरू उपलब्ध गराउन प्रतिबद्ध रहेको उनी बताउँछन्।
शाओमीका दुई विशेष सुविधाले यसलाई प्रतिस्पर्धीहरू भन्दा फरक पारेको छ। पहिलो, ‘इमानदार मूल्यमा उत्कृष्ट प्रविधि’ र दोस्रो ‘विशेष मूल्य ब्यान्डको लागि उच्च विशिष्टता।’
रेड्मी एवानको मूल्य ११९९९ रुपैयाँ रहेको छ जुन फोन पहिलो पटक स्मार्ट फोन प्रयोगकर्ताहरूको लागि लक्षित छ। फिंगर प्रिन्ट सेक्युरिटी फिचरसहितको रेड्मी एवान प्लस दुई भेरियन्टमा लन्च गरिएको छ। यसको मूल्य १२४९९ र १३४९९ रुपैयाँ रहेको छ।
शाओमी सामाजिक कार्यमा पनि उतिकै सक्रिय छ। उनी भन्छन्, ‘सीएसआर शाओमीको रगतमा चल्छ।’ उनले कोभिडको समयमा ट्राफिकहरुलाई मास्क वितरण गरेको, महिला दिवसका अवसरमा टेम्पो चालक महिलालाई सहयोग गरेको तथा सडक किनारमा गीत गाउँदै हिड्ने दृष्टिबिहीनहरुलाई बाजा उपहार दिएर सहयोग गरेको लगायतका कार्य गरेको बताए।
ब्रान्डले आफ्ना विभिन्न फोनहरू शाओमी, रेड्मी र पोको स्मार्ट फोनहरू आफ्नै स्पेसिफिकेशनहरू मार्फत एन्ड्रोइड प्रयोगकर्ताहरूबीच लक्षित समूहमा पुर्याएकाे छ। आफ्ना ग्राहकहरूलाई प्रस्ताव गरिएका विभिन्न प्रकारका उत्पादनहरू पनि उपलब्ध छन्।
आगामी वर्ष नेपालमा विभिन्न विधाका धेरै उत्पादनहरु लन्च हुने भएकाले अझै राम्रो समय आउनेमा उनी आशावादी रहेको बताउँछन्।
मी फ्यानहरूको जिज्ञासालाई बढाउँदै कन्ट्री जनरल म्यानेजरले हालैका प्रविधिमा आधारित धेरै प्रतिस्पर्धी उत्पादनहरू २०२३ मा लन्च गर्ने योजना रहेको जानकारी दिए।
शाओमीका नेपालका लागि कन्ट्री जनरल म्यानेजर अमित कुमार पण्डासँग गरिएको कुराकानी: