गोपाल योञ्जनकाे स्मृतिमा गुञ्जिएको फेवा किनार

गोपाल योञ्जनकाे स्मृतिमा गुञ्जिएको फेवा किनार
+
-

पोखरा – दिन ढल्दै थियो । डाँडामाथि पुगेको घाम फेवातालमा प्रतिविम्बित हुँदा पानीले रंग फेरेझैं देखिन्थ्यो । फेवातालको किनार बाराहीघाटको माहोल पनि फेरिदैँ थियो ।

१० औं संस्करणको नेपाल लिटरेचर फेस्टिबलको उद्घाटनपछि पहिलो सेसन ‘घरबाट विद्यालयसम्म’ मा दिनकर नेपालसँग शिक्षाविद् डा. मीनाक्षी दाहालको प्रश्नोत्तर सुनेका दर्शक गोपाल योञ्जनका सिर्जनामा झुम्नलाई प्रतीक्षारत थिए ।

योञ्जनले सिर्जना गरेका गीतका धुनबाट संगीतिक माहोलको सुरुवात भयो । गोपाल योञ्जनको स्मृतिमा समर्पित धुनलगत्तै सुनिए युवापुस्तामाझ चल्तीका कवि नवराज पराजुली ।

१९ वर्षको उमेरमा योञ्जनले लेखेको ‘मेरो गीत मेरै प्रतिविम्ब होइन’ गीतलाई पराजुलीले कविता शैलीमा सुनाए । त्यसपछि गोपाल योञ्जनका गीतहरुको संग्रह ‘गोपालय’ विमोचन गरियो ।

बाँसुरी वादक सुदिप गायक, बाल गायक आकाश गौतम र नृत्यकार रञ्जु बालकोटीबाट ‘गोपालय’ विमोचन गरिएको हो ।

नयाँ पुस्तामा सिर्जना हस्तान्तरण गर्नलाई अनुजबाट विमोचन गरिएको जनाइएको छ । गोपालयमा योञ्जनका २४१ गीत समावेश गरिएको छ ।

फाइन प्रिन्टले प्रकाशन गरेको ‘गोपालय’ विमोचनपछि कवि विप्लव प्रतिक र गोपाल योञ्जनकी पत्नी रिन्छेन योञ्जन केही बेर गफिए ।

विप्लवले रिन्छेनलाई प्रश्न तेर्साए, ‘तपाईँलाई गोपाल दाइका कृतिहरु संकलन गर्ने सोच कसरी आयो ? मन्त्रालयले वा कुनै प्रतिष्ठानले गर्नुपर्ने थियो ।’

रिन्छेनले बेलिबिस्तार सुनाइन् , ‘गोपालका सांगीतिक कामहरुलाई मैले ऊ बित्नुभन्दा पहिले संकलन गर्न सुरु गर्‍याथेँ । किनभने गोपाल एउटा सच्चा कलाकार । आफ्नो कलामा अति नै सचेत । स्रष्टाका हिसाबले लेख्दा, संगीत गर्दा, गाउँदा अति नै सचेत । तर कहिलेकाहिँ प्रेरित भएपछि जे छेउमा कागजको टुक्रा छ त्यसमा लेख्ने गर्थ्यो । लेखेपछि एक कुनामा राख्ने फाल्ने । त्यहाँदेखि मैले संकलन गर्न थालेँ ।’

गोपाल योञ्जनका सिर्जनाका टुक्रा टुक्रा कागजलाई संकलन गरेर ‘गोपालय’ प्रकाशन गरेको उनको भनाइ छ ।

योञ्जनको मृत्युपछि उनले गरेका संगीत खोज्दा कसैको सहयोग नपाएपछि अरुको मुख ताक्न छाडेको रिन्छेनले बताइन् । नेपालीको सबैभन्दा कमजोर पक्ष डकुमेन्टेसन रहेको उनले औँल्याइन् ।

गोपाल योञ्जनको २५ औं स्मृति दिवसको बर्ष पारेर नेपाल लिटरेचर फेस्टिभलले ‘गोपालय’ को तारतम्य मिलाएको हो ।

२०५४ जेठमा कलेजोमा देखिएको समस्याका कारण योञ्जनको देहावसान भयो ।

५४ वर्षको उमेरमै अस्ताएका उनका सिर्जना भने अजरअमर छन् ।

साँझ घर्कन थालेपछि सांगीतिक माहोल जम्न थाल्यो । वानिका प्रधानले ‘वायाँ हातमा राखे’ गाउँदै गोपाल योञ्जनलाई सम्झिइन् ।

वानिका र कर्मा ग्याल्जेनले ‘यति चोखो यति मिठो दिउँला तिमीलाई माया’, ‘हिमालसरी पग्लिरहेछु’, ‘तिम्रो जस्तो मुुटु मेरो पनि’, ‘थिएन कोही मेरो’ सुनाए । वानिका र उज्जवल सागरले ‘मेरो पाउमा कोही पाउजु बाँध’ सुनाए । करिब दुई घन्टामा गोपालयको बिट मारियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?