आहा रारा पोखरा गोल्डकप

उद्घाटन खेलमा १२ वर्षपछि सहारा र धरानको जम्काभेट

उद्घाटन खेलमा १२ वर्षपछि सहारा र धरानको जम्काभेट
+
-

पोखरा – पुस १४ गतेदेखि पोखरामा आहा रारा पोखरा गोल्डकप सुरु हुँदै छ। पोखरा रंगशालामा हुने गोल्डकपको खेल तालिका सार्र्वजनिक गरिएको छ।

सार्वजनिक खेल तालिकाअनुसार आहा रारा पोखरा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लब र धरान फुटबल क्लब भिड्नेछन्। यी दुई क्बल १२ वर्षपछि आहा राराको उद्घाटन खेलमा आमनेसामने हुन लागेका हुन्।

दशौं संस्करणको आहा गोल्डकपमा उद्घाटनमा मैदान उत्रिएको धरानलाई सहाराले १–० गोल अन्तरले पराजित गर्न सफल भएको थियो। नवौं संस्करणको उदघाटन खेलमा पनि यिनै दुई क्बल भिडेका थिए। त्यतिबेला सहाराले २–१ गोल अन्तरले धरानलाई पाखा लगाएको थियो।

आहा रारा पोखरा गोल्डकपको दोस्रो खेलमा पुस १५ गते विभागीय टोली नेपाल पुलिस क्लब र चर्च ब्वाईज युनाइटेड भिड्नेछन्।
पुस १६ गते सहारा क्लब र धरान फुटबल क्लबबीचको विजेताले सशस्त्र प्रहरी बलसँग अन्तिम चारमा प्रवेश गर्न खेल्नेछ। पुस १७ गते नेपाल पुलिस क्लब र चर्च ब्वाईजबीचको विजेताले मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने खेल तालिकामा उल्लेख छ।

पुस १८ गते क्वार्टरफाइनल त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीच हुनेछ। अर्को क्वार्टरफाइनल खेल मनाङ मस्र्याङ्दी क्लबले भुटानिज युथ एससी अमेरिकासँग खेल्नेछ।

सेमिफाइनल पुस २० र २१ गते हुनेछ। पुस २३ गते गोल्डकपको फाइनल हुुनेछ। विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यसपटक पुरस्कार राशिमा वृद्धि भएको छ। विजेताले पाउने पुरस्कारमा २ लाख रुपैयाँ र उपविजेताले पाउनेमा १ लाख रुपैयाँ वृद्धि गरिएको हो।

उत्कृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटर प्रदान गरिनेछ। ०५८ सालमा क्याराभान गोल्डकपबाट सुरु भएको गोल्डकप २२औं संस्करणबाट आहा ! रारा पोखरा गोल्डकपबाट सञ्चालन हुन लागेको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?