सुदूरको सिंहदरबारः सडक छैन, आफ्नै देशमा पैदल हिँड्न मुस्किल

सुदूरको सिंहदरबारः सडक छैन, आफ्नै देशमा पैदल हिँड्न मुस्किल
+
-

पोखरा – मनाङको नार्पाभूमि गाउँपालिका देशमै सबैभन्दा कम जनसंख्या भएको स्थानीय तह हो।

०७८ को जनगणनाअनुसार नार्पाभूमिको जनसंख्या ४४२ छ। सबैभन्दा कम जनसंख्या भएको नार्पाभूमिमा अझैसम्म पनि सडक सञ्जालले छोएको छैन।

मनाङको सदरमुकाम चामेबाट २ दिनको पैदलयात्रापछि बल्ल नार्पाभूमि पुगिन्छ।
सुदूरमा सिंहदरबार आए पनि पूर्वाधार विकासको अभावले त्यहाँका जनताले महसुस गर्न पाएका छैनन्।

नेपाल लिटरेचर फेस्टिभलमा आइतबार ‘सुदूरका सिंहदरबार’ सेसनमा गाउँपालिका अध्यक्ष केन्जो तेन्जिङ लामाले नार्पाभूमिको सिमानाभन्दा ६ किलोमिटर परसम्म मात्रै सडक पुगेको सुनाए। २०७४ सालमा गण्डकी प्रदेश सरकार बनेपछि पहिलो निर्णय स्थानीय तहको केन्द्रलाई प्रदेश राजधानीसँग स्तरीय सडकमार्फत जोड्ने निर्णय गरेको थियो।

सरकारको नेतृत्व फेरियो, जनप्रतिनिधि फेरिए तर नार्पाभूमिमा अझै सडक पुगेको छैन।

‘सबै गाउँपालिकाको केन्द्रसम्म सडक सञ्जाल हुनुपर्छ भनिएको छ। संघ र प्रदेशले सहयोग नगर्दा हाम्रोमा सडक अझै पुगेको छैन।
गाउँपालिकाले डोजर र स्काभेटर किनेर ७ किमि सडकको ट्रयाक खोलेको छ। अब छिट्टै सडक सञ्जालले छुनेछ’, उनी आशावादी देखिए।

सडक सञ्जालको पहुँचमा नभएपछि गाउँपालिकाले सवारी सुविधामा वडाध्यक्षहरूलाई घोडा दिएको छ। एउटै वडाबाट अर्को वडामा पुग्न पनि २/३ दिन लाग्ने भएकाले गाउँपालिकाले अस्थायी कार्यालय जिल्ला सदरमुकाम र काठमाडौं राख्न परेको उनले बताए।

गाउँपालिकाले मंसिर १५ देखि फागुन मसान्तसम्म सदरमुकाम चामेबाट सेवा दिन्छ। अरु समय काठमाडौंमा झोलाबाट सेवा दिँदै आएको अध्यक्ष लामाले बताए।

लिपुलेक, लिम्पियाधुरा र कालापानी भएको स्थानीय दार्चुलाको ब्यास गाउँपालिका हो। राष्ट्रियताको सवालमा सबैभन्दा बढी चर्चा हुने ब्यास गाउँपालिकाका जनताले त पैदल समेत आफ्नै देशको बाटो मन लागेर पनि हिँड्नै पाउँदैनन्।

बाटो त छ तर भत्किहाल्छ। ब्यास गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द बडूले भने, ‘मनसुनमा बर्षाले बाटो भत्किन्छ। हिँउदमा हिपपातले भत्काउँछ।’

भारतीय बाटो हिँड्दा सुरक्षाकर्मीको हेपाइ सहनुपर्ने उनले बताए। ‘हाम्रोतिर बाटो नभएकै कारण भारतको बाटो भएर आउनुपर्छ। त्यसमाथि त्यहाँका सुरक्षाकर्मीको हेपाहा प्रवृत्ति सबैले व्यहोर्नुपर्छ’, दुखेसो पोख्दै भने।

‘सुदूरका सिंहदरबार’ सेनसनमा मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्ष केन्जो तेन्जिङ लामा, दार्चुलाको व्यास नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत कृष्णानन्द बडुसँगै ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका उपाध्यक्ष शान्ताकुमारी आङबुहाङ पनि सहभागी भएकी थिइन्।

पूर्वाधारको हिसाबले अठाराइ त्रिवेणी गाउँपालिकावासीले त्यसको महशुुस गर्न नपाएको उपाध्यक्ष शान्ताकुमारी आङबुहाङले बताइन्।

गाउँका केही भागमा सडक सञ्जाल पुगे पनि स्तरीय नहुँदा गाउँलाई सम्भावना हुँदा पनि पर्वद्धन गर्न नसकिएको दुखेसो छ। ‘बाटो बन्छ। बर्खामा भत्काइहाल्छ। पालिकाको बजेटले पूर्वाधार बनाउनै सक्दैनौं,’ उनले भनिन्।

पत्रकार प्रकाश ढकालले सहजीकरण गरेको ‘सुदूरका सिंहदरबार’ सेसनका वक्ताले स्थानीय तहमा कर्मचारी अभाव भएकालाई गाउँको सिंहदरबार हाक्ने कठिन भएको दुखेसो पोखे। मनाङको नार्पाभूमि गाउँपालिकाको असाध्यै अप्ठेरो भूगोल र दुःख बढी हुने भएकाले त्यहाँ जान कर्मचारी मान्दैनन्।

त्यही कारण कहिलेकाहीँ एउटै वडा सचिवले ४ वटासम्म वडा हेर्नुपर्ने अध्यक्ष लामाले बताए। नार्पाभूमि गाउँपालिकामा ५ वटा वडा छन्। त्योमध्ये वडा नम्बर १, २, ३ को वडा सचिवको काम रिता शर्मा र वडा नम्बर ४ र ५ को काम चिरञ्जीवी सिग्देलले गरिरहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?