कारागार पुगेर ‘नोस्टाल्जिक’ गण्डकीका मुख्यमन्त्री

कारागार पुगेर ‘नोस्टाल्जिक’ गण्डकीका मुख्यमन्त्री
+
-

पोखरा – पञ्चायती व्यवस्थाविरुद्ध नेपाली कांग्रेसले देशभर आन्दोलन चलाइरहेको थियो। तत्कालीन पञ्चायती सरकारले नवलपुरका कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेललाई पक्राउ गर्‍यो। यो २०३५ सालको कुरा हो। पक्राउ परेका नेपालीलाई ल्याइपुर्‍याइयो कास्की कारागारमा। एक महिना जेल बसेपछि उनी रिहा भए।

२०३६ सालको जनमत संग्रहको बेला उनी फेरि दोस्रो पटक पक्राउ परे। र सोही जेलमा साढे ८ महिना कैद भए। उनै नेता पोखरेल गण्डकी प्रदेशका मुख्यमन्त्री छन्। उनी मंगलबार कास्की कारागारमा पुगे। उनले त्यो बेलाको जेल जीवनलाई सम्झिए। क्षमताभन्दा बढी कैदीबन्दी हुँदा सकसपूर्ण जेल जीवन बिताएको मुख्यमन्त्री पोखरेलले सुनाए।

कारागारलाई सुधार गृह बनाउने प्रयास भए पनि क्षमताभन्दा बढी कैदी राख्दा सम्भव नभएको उनले बताए। केन्द्र सरकार मातहातमा भएकाले प्रदेश सरकारले कारागार सुधारको काम गर्न नसकेको उनको भनाइ छ। ‘यो हाम्रो दायित्वको कुरा हो। खासगरी यो लोकतन्त्रमा संघीयतामा जुन मानवीय मापदण्ड छन्, ती मापदण्ड सबै कैदीबन्दीहरुलाई हुनुपर्छ भन्नेमा विश्वास राख्छौँ। केन्द्र सरकारसँग यी कुराहरु हाम्रा माध्यमबाट राख्नेछौँ’, उनले भने।

मुख्यमन्त्री पोखरेलले मुलुकको नेतृत्वमा पुग्नेहरु जेल जीवन नबिताएका कोही नभएको बताए। ‘एउटा तीतो सत्य के रहेछ भने यो मुलुकको प्रधानमन्त्री, मन्त्री हुने प्रायः जेल नबसेको कोही छैन, नयाँ पुस्ताबाहेक। हामी जेलबाट निस्किसकेपछि राज्य सञ्चालनमा हामी पुग्यौँ। तर, त्यो जेलभित्रको कुरा हामी भुल्दा रहेछौँ। म स्वीकार्न चाहन्छु’, उनले भने।

गण्डकीका आन्तरिक मामिला मन्त्री डोवाटे विकले कैदीबन्दीलाई मानव अधिकारको प्रत्याभूत गराउने राज्यको दायित्व भएको बताए। ‘धेरै जिल्लाको कारागर निरीक्षण गरेको छु। कहीँ पनि दोब्बरभन्दा कम कैदीबन्दी छैनन्’, उनले भने। कारागारलाई सुधार गृह बनाउन राज्यको ध्यान नपुगेको उनको ठम्याइ छ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सरकार कारागारको दुरावस्थाबारे जानकार रहेको बताए। ‘कारगारको दुरावस्थाबारे थाहा नभएको हैन थाहा छ। सुधारको काम गर्दै पनि आएको छ’, उनको जिकिर छ। खचाखच कैदीबन्दी बस्नपर्ने अवस्थामा पनि सुधार आउने केसीले बताए।

कास्की कारागारको क्षमता ४२० हो। क्षमताभन्दा दोब्बर बढी ८११ जना कैदी रहेको निमित्त जेलर महेन्द्रबहादुर कुवँरले जानकारी दिए। उनले कैदीबन्दीको तुलनामा स्वास्थ्यकर्मीको कमी भएको बताए। १ जना सिनियर अहेवको दरबन्दी रहेको छ।

‘कैदीबन्दीको संख्याअनुसार एमबीबीएस डाक्टर र थप स्वास्थ्यर्कीको व्यवस्था हुनुपर्ने छ’, उनले भने, ‘महिला कैदीबन्दी भएकाले महिला स्वास्थ्यकर्मीको समेत आवश्यकता छ।’ निमित्त जेलर कुवँरका अनुसार कारागारमा खानेपानी, सोलारबत्ती र पढ्नका लागि विद्यालयको समस्या छ। प्रशासनिक भवन र सुरक्षापोष्ट जिर्ण भएको मुख्यमन्त्री पोखरेल समक्ष गुनासो पोखे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?