गण्डकीमा बोलाइयो अधिवेशन

गण्डकीमा बोलाइयो अधिवेशन
+
-

पाेखरा- गण्डकी प्रदेशसभाको अधिवेशन बोलाइएको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १८ गते अधिवेशन आह्वान गरेका हुन्।

संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम १८ गते सोमबारका लागि प्रदेश अधिवेशन बोलाएका हुन्।

गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्याललाई आज शपथ खुवाइँदैछ। पर्वत (ख) बाट चुनाव जितेका नेकपा एमालेका बस्यालले बुधबार प्रदेश प्रमुख गुरुङबाट सपथ लिनेछन्। बिहीबार बस्यालले अरू सांसदलाई शपथ खुवाउने कार्यक्रमत तय भएको छ।

ज्येष्ठ सदस्य बस्यालको अध्यक्षमा पहिलो बैठक बस्ने छ। प्रदेशसभा अधिवेशन सुरु भएलगत्तै प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेका छन्।

प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेपछि संविधानको धारा १६८ बमोजिम सरकार गठनको प्रक्रिया अगाडि बढ्ने छ।

१६८ को उपधारा १ बमोजिम गण्डकी प्रदेशमा कुनै पनि दलको बहुमत नभएकाले उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन्।

गण्डकीमा एमाले नेतृत्वमा सरकार बन्ने देखिएको छ। एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सांसद मिलेर गण्डकीमा खगराज अधिकारी मुख्यमन्त्री बन्ने सम्भावना छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?