गण्डकीका ज्येष्ठ सदस्य बस्यालले शपथ लिए

गण्डकीका ज्येष्ठ सदस्य बस्यालले शपथ लिए
+
-

पोखरा- गण्डकी प्रदेशका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। बुधबार गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले बस्याललाई सपथ खुवाएका हुन् ।

गुरुङले संविधानको धारा १८२ (५) र प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा ७५ (१) बमोजिम प्रदेश प्रमुख गुरुङले बस्याललाई शपथ खुवाए।

पर्वत (ख) बाट निर्वाचित वर्षीया बस्यालले विहीबार बाँकी ५९ सांसदलाई प्रदेश सभामा सपथ ग्रहण गराउनेछन्।

प्रदेश प्रमुख गुरुङले पुस १८ गते प्रदेश सभाको अधिवेशन बोलाएका छन्। संविधानको धारा १८३ को उपधारा १ बमोजिम बोलाइएको प्रदेशसभा अधिवेशनमा पनि ज्येष्ठ सदस्य बस्यालले नै अध्यक्षता ग्रहण गर्नेछन्।

एमालेबाट निर्वाचित सांसद बस्याल कानुनमन्त्री विन्दुकुमार थापाभन्दा २ दिन जेठो हुँदै ज्येष्ठ सदस्यका हैसियतले अब प्रदेश अधिवेशनको अध्यक्षता गर्ने भएका छन्।प्रदेश सभा सुरु भएलगत्तै सरकार गठनका लागि आह्वान गर्ने तयारी छ।

गण्डकीमा प्रत्यक्षमा ३६ र समानुपातिक २४ सांसद निर्वाचित भएका छन् ।गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादी ८ राप्रपाका २ र स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी छिरेका राजीव गुरुङ (दीपक मनाङे)सहित ६० सांसद छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?