स्पेनी क्लब काथेरेन्योसँग गण्डकी ११ पराजित

स्पेनी क्लब काथेरेन्योसँग गण्डकी ११ पराजित
+
-

पोखरा – स्पेनको बि डिभिजन काथेरेन्यो क्लबसँग गण्डकी ११ पराजित भएको छ। बुधबार पोखरा रंगशालामा भएको मैत्रीपूर्ण खेलमा गण्डकी ११ काथेरेन्योसँग ३–० गोल अन्तरले स्तब्ध भएको हो।

पोखरा रंगशालामा भएको खेलमा काथेरेन्योको जितमा स्पेनका पूर्व राष्ट्रिय खेलाडी माइकल कार्रलेरो, कारमेलो र बेरमुले १/१ गरे। खेलको २३ औं मिनेटमा कारमेलोले पहिलो गोल गर्दै खाता खोले। ३५ औं मिनेटमा माइकलले गोल गर्दै अग्रता बढाए। काथेरेन्योसँग निकै कमजोर खेलेको गण्डकीलाई दोस्रो हाफको अन्तिम समयमा बेरमुले गोल गर्दै जित दिलाए।

‘शान्तिका लागि फुटबल’ नाराका साथ लुम्बिनी गार्डेन फाउन्डेसनले आयोजना गरेको मैत्रीपूर्ण खेलामा गण्डकी ११ अनिल गुरुङ कप्तानीमा मैदान उत्रिएको थियो। खेलमा सहभागी हुन स्पेनी क्लबका ५५ जनाको टोली पोखरा आएको छ।

स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिडका पूर्व खेलाडी रुबेन डे ला रेड र युलियो सालिनास खेलेका थिए। काथेरेन्योको स्पेनका पूर्व राष्ट्रिय खेलाडी मिचेल सहित स्पेनको ‘ए’ डिभिजन क्लबबाट खेलिसकेका खेलाडी समेत थिए।बुधबार पोखरामा खेलेको काथेरेन्यो शुक्रबार काठमाडौं ११ सँग मैत्रीपूर्ण खेल खेल्नेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?